अमेरिकी डलरको भाउ घट्दा यूरो र स्टर्लिङको भाउ बढ्यो

काठमाडौं । आज अमेरिकी डलरको भाउमा घट्दा युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउ बढेको छ । आज बुधबार १ अमेरिकी डलरको खरिद दर १३२.९० रुपैयाँ रहँदा बिक्री दर १३३.५० रुपैयाँ रहेको छ । मंगलबार १ अमेरिकी डलरको खरिद दर १३२.९३ रुपैयाँ र बिक्री दर १३३.५३ रुपैयाँ थियो ।

१ युरोपियन युरोको खरिद दर आज १४०.८१ रुपैयाँ पुगेको छ । बिक्री दर १४१.४४ रुपैयाँ छ । मंगलबार १ युरोको खरिद दर १३९.९२ रुपैयाँ र बिक्री दर १४०.५५ रुपैयाँ थियो ।

आज १ बेलायती पाउण्ड स्टर्लिङको खरिद दर १६३.०० रुपैयाँ र बिक्री दर १६३.७३ रुपैयाँ रहेको छ । हिजो १ पाउण्डको खरिद दर १६१.७६ रुपैयाँ र बिक्री दर १६२.४९ रुपैयाँ थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स