काठमाडौं । मंगलबार, नेप्से परिसूचक १९.०६ अंकले घटेर १८८९.५९ अंक विन्दुमा आइपुगेको छ ।
आज ४२ लाख ४७ हजारको कित्ता सेयर १ अर्ब २८ करोड ३१ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ३१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १९३ वटा कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, अप्पर लोहोरो खोला हाइड्रोपावरको ५.८६%, इन्फिनिटी लघुवित्तको ४.१९%, गुराँस लघुवित्तको ४.०३%, प्रभु बैंक डिभेन्चर २०८७को ३.८९%, इङ्वा हाइड्रोपावरको ३.६३ प्रतिशतले सेयर मूल्य बढेको छ ।
त्यस्तै, बाराही हाइड्रोपावरको ७.६४%, गरिमा डेबेन्चर २०८५ को ५.८३%, रावा इनर्जीको ५.४८%, श्री इन्भेष्टमेन्ट फाइनान्सको ५.४७%, स्वेत गंगा हाइड्रोपावरको ५.३७ प्रतिशतले सेयर मूल्य घटेको छ ।