नेप्सेमा दुई कम्पनीको साढे ३ करोड कित्ता बढी सेयर सूचीकृत, ओपनिङ रेन्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको साढे ३ करोड कित्ता बढी आईपीओ सूचीकृत भएको छ । मंगलबार हाथवे इन्भेष्टमेन्ट नेपाल र माण्डु हाइड्रोपावरको कुल ३ करोड ७० लाख ३६ हजार ३७० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसअनुसार, हाथवे इन्भेष्टमेन्ट नेपालको कुल २ करोड ३४ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । नेप्सेले कम्पनीको सेयरलाई ओपनिङ रेन्ज प्रतिकित्ता ९५.०९ रुपैयाँदेखि २८५.२७ रुपैयाँसम्म तोकेको छ । कम्पनीको ‘एचएटीएचवाई’ सिम्बलबाट कारोबार हुने छ ।

त्यस्तै, माण्डु हाइड्रोपावको कुल १ करोड ३६ लाख ३६ हजार ३७० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । नेप्सेले कम्पनीको सेयरलाई ओपनिङ रेन्ज प्रतिकित्ता १२४.४२ रुपैयाँदेखि ३७३.२६ रुपैयाँसम्म तोकेको छ । कम्पनीको ‘एमएएनडीयु’ सिम्बलबाट कारोबार हुनेछ ।

यस रेन्जको बीचमा रहेको जुनसुकै मूल्यबाट यी दुई कम्पनीको पहिलो कारोबार हुन सक्ने छन् । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ ।

योसँगै, अब भोलि बुधबारबाट दुवै कम्पनीको पहिलो कारोबार सोही मूल्यभित्र रहेर खुला हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स