दशैं अघि यी बैंकले गर्दैछन् लाभांश घोषणा

काठमाडौं । दशैंअघि नै लाभांश घोषणा गर्न केहि बैंकहरू लागि परेका छन् । दशैंअघि नै लाभांश घोषणा गर्न कसिएका बैंकहरूको वित्तीय विवरण राष्ट्र बैंक पुगेको छ । राष्ट्र बैंकले बैंकहरूले पठाएका प्रारम्भिक वित्तीय विवरणहरू स्वीकृत गरेपछि एनएमबी बैंक, सिद्धार्थ बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल इनफ्रास्ट्रक्चर बैंक (निफ्रा) र नेपाल एसबीआई बैंकले सेयरधनीका लागि लाभांश घोषणा गर्ने छन् । बैंकहरूले गत आर्थिक वर्षको नाफाबाट दशैंअघि नै लाभांश घोषणा गर्न आवश्यक प्रक्रिया अघि बढाएका हुन् ।

राष्ट्र बैंकले यी बैंकहरुले पेश गरेको वित्तीय विवरणमा विस्तृत मूल्यांकन गर्दै गत वर्ष यी बैंकहरूले छुट्याउनु पर्ने कर्जा नोक्सानी, साधारण जगेडा कोष, कर्मचारीको तालिम, सामाजिक उत्तरदायित्व कोषमा छुट्याउनु पर्ने पैसा लगायत थप गर्नुपर्ने ठाँउमा थप्न लगाएर प्रारम्भिक स्वीकृति दिने गर्दछ ।

राष्ट्र बैंकमा गत आर्थिक वर्षको वित्तीय विवरण पेश गर्ने बैंकहरु स्ट्याण्डर्ड चार्टर्ड, एनएमबी, सिद्धार्थ नेपाल इनफ्रास्ट्रक्चर र नेपाल एसबीआईले सेयरधनीलाई ४.८८ प्रतिशतदेखि २९ प्रतिशतसम्म लाभांश वितरण क्षमता राख्छन् ।

स्ट्याण्डर्ड चार्डर्ट बैंकले गत आर्थिक वर्षमा २ अर्ब ७३ करोड ३९ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी ९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ हो । जसअनुसार बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २८.९९ प्रतिशत लाभांश बाढ्ने क्षमता राख्दछ ।

नेपाल एसबिआई बैंकले गत आर्थिक वर्षमा १ अर्ब ४१ करोड १० लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी १० अर्ब १२ करोड ६ लाख रुपैयाँ छ । जसअनुसार बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १३.५९ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्दछ ।

एनएमबी बैंकले गत आर्थिक वर्षमा १ अर्ब ५५ करोड ५० लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ छ । बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई ८.४४ प्रतिशत लाभांश दिने क्षमता राख्दछ ।

अहिलेसम्म ५ वटा वाणिज्य बैंकले लाभांश घोषणा गरिसकेका छन् । माछापुच्छ्रे, सिटिजन्स, सानिमा, एनआईसी एशिया, एभरेष्ट वाणिज्य बैंकहले लाभांश घोषणा गरिसकेका हुन् ।

अहिलेसम्म माछापुच्छ्रे  बैंक बोनस १३.३ सेयर र नगद ०.७ गरी कुल १४ प्रतिशत लाभांश दिने भएको छ भने एभरेष्ट बैंकले १० प्रतिशत बोनस र १०.५३ प्रतिशत नगद गरी जम्मा २०.५३ प्रतिशत लाभांश दिने भएको छ ।

त्यस्तै एनआईसी एशिया बैंकले २९ प्रतिशत बोनस सेयर र १.५३ नगद गरी जम्मा ३०.५३ प्रतिशत लाभांश दिने भएको छ भने सानिमा बैंकले ९ बोनस र ५.७ प्रतिशत नगद गरी जम्मा १४.७ र सिटिजन्स इन्टरनेशनल बैंकले नगद ५.७९ प्रतिशत रहेको छ ।

कुन बैंकको लाभांश क्षमता कति ?
कृषि विकास बैंकको चुक्ता पुँजी १३ अर्ब ४५ करोड १५ लाख रुपैयाँ रहेको छ । सो पुँजीलाई आधारमान्दा बैंकले हाल कमाएको विवरणयोग्य नाफा २ अर्ब ७१ लाखबाट १४.९२ प्रतिशत लाभांश बाड्न सक्ने क्षमता देखिएको छ ।

नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेको नबिल बैंकले भने यस वर्ष लाभांश कम दिने भएको छ । बैंकको खराब कर्जा बढ्दा यसको असर लाभांश क्षमतामा परेको हो ।

बैंकले गत आवको नाफाबाट ३ अर्ब ८८ करोड ९५ लाख रुपैयाँ इम्पेरिमेन्ट चार्ज वापत रकम छुट्याएको छ । बैंकको खुदा नाफा ७ अर्ब ५२ करोड ७१ लाख भएपनि वितरण योग्य नाफा ३ अर्ब ९६ करोड १० लाख रुपैयाँमात्रै रहेको छ । २७ अर्ब ५ करोड ६९ करोड रुपैयाँ चुक्ता प्ँजी भएको बैंकको लाभांश ठूलो पुँजी भएकै कारणले घटेको हो ।

सनराइज र लक्ष्मी बैंक मर्जर पश्चात बनेको सनराइज लक्ष्मी बैंकले नाफा र अन्य सूचकांक राम्रा भएपनि लाभांश क्षमता भने कम देखिएको छ । २१ अर्ब ६७ करोड २ लाख चुक्ता पुँजी रहेको बैंकको वितरणयोग्य नाफा १ अर्ब ९३ करोड ७१ लाख रुपैयाँ हुँदा लाभांश क्षमता भने ८.९४ प्रतिशत देखिएको छ ।

ग्लोबल आईएमई बैंकको पनि लाभांश क्षमता ८.२७ प्रतिशतमात्रै रहेको छ । बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड १० लाख पुग्दा लाभांश क्षमता कम देखिएको हो । बैंकको गत आवका वितरणयोग्य मुनाफा २ अर्ब ९५ करोड ६९ लाख रुपैयाँ रहेको छ । ७ अर्ब २५ करोड ३४ लाख खुद नाफा कमाएको बैंकले इम्पेरिमेन्ट चार्जमा २ अर्ब ७१ करोड रुपैयाँ छुट्याएको छ । सोही कारण बैंकको लाभांश क्षमता कम देखिएको हो ।

एनएमबि बैंकको लाभांश क्षमता ८.१८ प्रतिशत रहेको छ । एनएमबिको चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ रहेको छ भने बैंकको विवतरण योग्य मुनाफा १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । सिटिजन्स बैंक इन्टरनेशलको लाभांश क्षमता ७.३० प्रतिशत रहेको छ । बैंकको चुक्त पुँजी १४ अर्ब २० करोड ९ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा १ अर्ब ३ करोड ७२ लाख रुपैयाँ रहेको छ ।

नेपाल बैंकको लाभांश क्षमता ५.६५ प्रतिशत, प्राइम कमर्शियल बैंक १.०६ प्रतिशत, प्रभु बैंकले ०.६९ प्रतिशत, नेपाल इन्भेष्टन्ट मेगा बैंक ०.४६ प्रतिशत रहेको छ ।

हिमालयन बैंक र कुमारी बैंकले भने वितरणयोग्य नाफा नकारात्मक देखिएको छ । दुबै बैंककले वितरणयोग्य प्रतिसेयर आम्दानी ३ रुपैयाँभन्दा धेरैले ऋणात्मक देखिएको छ । यी दुबै बैंकले नाफा कमाएपनि अन्य नोक्सानी व्यहोर्दा लाभांश वितरण गर्न नसक्ने देखिएको हो । हिमालयन बैंक गत आवमा ३ अर्ब २६ करोड ६१ लाख रुपैयाँ नाफा गरेको छ भने कुमारी बैंकले १ अर्ब ९५ करोड ७१ लाख रुपैयाँ खुद नाफा रहेको छ ।

हिमालयन बैंकले गत आवको कमाइबाट २ अर्ब १५ करोड ६१ लाख इम्पेरिमेन्ट चार्ज रहेको छ भने कुमारी बैंकले गत आवमा ५ अर्ब ७३ करोड ५८ लाख चार्ज छुट्याएको छ

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स