काठमाडौं । पछिल्लो समय बैंकहरू अझ बढी प्रेसरमा परेका छन् । बैंकहरूले पहिला दिएको ऋण उठाउन नसक्दा र आफूसँग भएको पैसा लगानी गर्न नसक्दा अझ बढी प्रेसरमा परेका हुन् । चालु आर्थिक वर्ष लाग्नु अघिदेखि रिकभरीमा लागेका बैंकहरूले न त सोचेजस्तो लोन रिकभरी गर्न सकेका छन्, ऋण लगानी नै । यस्तो हुनुको मुख्य कारण भनेको बैंकको महँगो ब्याजदर र लगानी मैत्री वातावरण नहुनै हो ।
कर्जा रिभकभरी नहुँदा बैंकहरू दिक्क भएका छन् । बैंकहरूको एउटा टिमनै लाग्दा पनि कर्जा उठन सकेको छैन । अब त अझ राष्ट्र बैंकले गरेको पछिल्लो व्यवस्थाले ऋणीलाई अझ ढुक्क बनाएको छ । कर्जा नउठ्दा बैंकहरूको प्रोभिजिङ बढ्दो क्रममा देखिएको छ । महँगो निक्षेप लिँदा कष्ट फन्टमा समेत दवाव परेको छ ।
असोज १८ गते बिहीबारसम्म बैंक तथा वित्तीय संस्थामा कुल ५८ खर्ब ३० अर्ब निक्षेप संकलन भएको छ भने ४९ खर्ब ४० अर्ब कर्जा प्रवाह भएको छ । बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्दा सीडी (क्रेडिट/डिपोजिट) रेसियो घटेर ८१.८४ प्रतिशतमा सीमित भएको छ ।
अन्तर बैंक ब्याजदर घटेर २.४१ प्रतिशतमा खुम्चिएको अवस्थाको संकेत भनेको कर्जा प्रवाह नहुनु हो । नेट लिक्विड समेत सहज हुन गई बजारमा थप कर्जायोग्य रकम उपलब्ध भएको छ । यसका साथै दैनिक ६/७ अर्बले निक्षेप बढ्दा कर्जा प्रवाह भने २ अर्बलेमात्रै भएको छ । यसको अर्थ बैंकहरूले कर्जा प्रवाह गर्न सकिरहेका छन् भन्ने हो ।
कर्जाको माग विविध कारणले सुस्त भएको हालको अवस्थामा कर्जा लगानी नभएको निक्षेप बढ्दै गएको, अन्तर बैंक ब्याजदर घटेको, लगानी गरेको कर्जा उठाउन नसक्दा बैंकहरू दवावमा परेका हुन् । भदौमा व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर १०.८९६ प्रतिशत रहेकोमा असोजमा ११.०५४ प्रतिशत पुगेको । सोही अनुपातमा बचत निक्षेपको असोजमा ६.०५४ प्रतिशतसम्म पुगेको छ । बैंकहरूले महँगोमा निक्षेप उठाइरहने हो ।
विश्व बजारको पछिल्लो घट्ना र नेपालको वास्तविक अवस्थालाई हेर्ने हो भने अझै नेपालमा लगानीमैत्री वातावरण बन्न समय लाग्ने देखिएको छ । वर्तमान परिस्थितिलाई हेर्दा अहिले व्यवसायीहरू बैंकको ब्याज तल्लो विन्दुमा ओर्लिए पनि कर्जा लिएर लगानी गर्ने मनस्थितिमा छैनन् । उद्यमी व्यवसायीको लागनी गर्ने मनोबल नबनेसम्म लगानी योग्य पुँजी भएपनि लगानी हुन सक्ने अवस्था छैन ।
यो अवस्थाबाट बाहिर निष्कन अझै समय लाग्ने उद्यमी व्यवसायीहरूले बताउँदै आएका छन् । ‘बैंकले एकल विन्दु ब्याजमै कर्जा उपलब्ध गराएपनि हामी अहिले बैंकबाट कर्जा लिएर उद्यम व्यवसाय गर्ने मुडमा छैनौं,’ ती उद्यमीले भने ‘आर्थिक मन्दी छ, बजार चलायमा हुन सकेको छैन, महँगी त्यतिकै बढेको छ । मानिसले रोजगारी गुमाउँदा क्रय शक्ति तथा आम्दानी घटेको छ । रसिया र युक्रेनको वार नसकिदै फेरि इजरायल र प्यालिष्ट्यानबीच फेरि युद्ध सुरु भएको छ ।’
यस्तो अन्योल अवस्थामा ऋण लिएर लगानी गर्दा आफै डुब्ने डर बढी भएको हुँदा अहिलेको विषम परिस्थितिबाट बाहिर ननिष्केसम्म हामी थप लगानी गर्ने पक्षमा छैनौ ।’