टेरामक्सले फोन ट्यापिङ गर्दैन, टेलिकम कम्पनीले गरेको बदमासी रोक्नेः प्राधिकरण अध्यक्ष खनाल

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)ले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) ले फोन ‘ट्यापिङ’ नगर्ने स्पष्ट पारेको छ । आइतबार पत्रकारहरुसँग कुराकानी गर्दै प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले टेलिकम कम्पनीहरूले गर्ने बदमासी रोक्ने लक्ष्यसहित सरकारले टेरामक्स ल्याउन लागेको बताएका हुन् ।

‘टेरामक्सले व्यक्तिगत डेटा नराख्ने भएकाले कसैको पनि फोन ट्याप गर्दैन,’ उनले भने टेलिकम कम्पनीहरूले व्यक्तिगत डेटाका आधारमा राज्यलाई कर तिर्ने गरेकाले कहाँ कति बदमासी भएको छ भन्ने विषय रोक्न टेरामक्स आवश्यक परेको हो ।’

टेलिमकको डेटा प्रयोग भए नभएको माक्समा डेटा कलेक्सन गर्ने र डेटा सुरक्षित हुने भएकाले टेरामक्स जडान गर्न खोजिएको जानकारी गराए । टेलिकम कम्पनीहरुले सेवाग्राहीलाई सेवा दिएबापत सरकारलाई बुझाउनुपर्ने विभिन्न शीर्षकको राजस्व, सेवाको गुणस्तर र कम्पनीहरुको अन्य गतिविधिमाथि निगरानी गर्ने लक्ष्यसहित टेरामक्स जडान गर्न लागेको हो । टेरामक्सले नेपालमा आएका फोनको मिटरिङ भयो कि भएन भनेर टोटलमा हेर्ने भएकाले व्यक्तिगत डेटा दुरुपयोग हुन सक्दैन ।

फोर जी सेवा विस्तार भएपछि मात्रै टेलिकमको ४०० गुणा बढी डेटा प्रयोग भएको तथ्य उनले पेस गरे । त्यसबीचमा फोनको पैसा, एसएमएसको पैसा घटेको छैन । सिम बिक्री पनि बढेको छ तर नेपाल टेलिकमको २०७४÷०७५ देखि अहिलेसम्म आउँदा २५ अर्बले राजस्व घटेको दाबी उनले गरे ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स