१ अर्ब ८० करोडको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदसबक्री हुने १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा गिरावट आएको छ ।

आइतबार, नेप्से परिसूचक ३५.६७ अंकले घटेर १९२१.२४ अंक विन्दुमा आइपुगेको छ ।

आज ५८ लाख १५ हजारको कित्ता सेयर १ अर्ब ८० करोड १७ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १६ वटा कम्पनीको सेयर मूल्य बढ्दा २१३ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, शिवम् सिमेन्ट्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ६ करोड ७३ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ५ करोड ५७ लाख, नबिल बैंकको ५ करोड ३४ लाख, सिटिजन लाइफ इन्स्योरेन्सको ४ करोड ५५ लाख, एनआईसी एसिया बैंकको ४ करोड ४९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स