लक्ष्मी क्यापिटल र सनराइज क्यापिटलबीच एक आपसमा गाभ्ने/गाभिने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सनराइज क्यापिटल लिमिटेड बीच एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । दुवै क्यापिटलबीच उक्त सम्झौतापत्रमा औपाचारिक रुपमा असोज १८ गते हस्ताक्षर सम्पन्न भएको हो ।

समझदारी पत्रमा लक्ष्मी क्यापिटल मार्केटको तर्फबाट अध्यक्ष सुमेद भट्टराई र सनराइज क्यापिटलको तर्फबाट अध्यक्ष अपछ कुमार यादवले हस्ताक्षर गरेका छन् ।

लक्ष्मी क्यापिटल मार्केको मुख्य संस्था लक्ष्मी बैंक लिमिटेड २०८० साल आषाढ २८ गते बाट सनराइज बैंक लिमिटेडसँग गाभिएर लक्ष्मी सनराइज बैंक लिमिटेड भई एकिकृत कारोबार प्रारम्भ भएपछि लक्ष्मी सनराइज बैंकको दुई सहायक कम्पनीहरु लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सनराइज क्यापिटल लिमिटेडबाट मर्चेन्ट बैकिङ लगायत अन्य सेवाहरु छुट्टा—छुट्टै रुपमा प्रवाह गरिरहेको अवस्थामा धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर)नियमावली, २०६४ को दफा२९ (क) बमोजिम एकै प्रकृतिका कम्पनीहरु आवश्यक नभएको कुरालाई मध्यनजर गर्दै एक मात्र सहायक कम्पनी कायम गरी मर्चेन्ट बैकिङ व्यवसाय संचालन गर्नु पर्ने हुँदा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सनराइज क्यापिटल लिमिटेड बीच आपसमा गाभ्ने/गाभिने (मर्जर) हुन लागेको हो ।

मर्जर पश्चात् कम्पनीको चुक्ता पूँजी ४८ करोड रुपैयाँ पुग्नेछ साथै अझ सबल रुपमा व्यासाय विस्तार गर्न सहयोग पुग्ने विश्वास समेत गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स