संसारको महँगो घरमध्ये मुकेश अम्बानीको ‘एंटीलिया’, चकित पार्ने बिजली बिल

भारतका सबैभन्दा धनी व्यक्ती तथा रिलायन्स ग्रुपका अध्यक्ष मुकेश अम्बानीको घर ‘एंटीलिया’को गणना दुनियाँका सबैभन्दा महँगो र भव्य रेसिडेन्टियल प्रोपर्टीमा हुन्छ । विलासिता र हरेक सुविधा उपलब्ध २७ तले एंटीलियमा करिब ६ सय कर्मचारी काम गर्छन् । जसमा मालीदेखि कुक, प्लम्बर र इलेक्ट्रिसियन लगायत छन् ।

‘मुंबई मिरर’ को रिर्पोट अनुसार मुकेश अम्बानीको घर एंटीलियाले करिब ७ हजार परिवारले उपयोग गर्ने बिजुली खपत गर्छ । उक्त रिर्पोट अनुसार एंटीलयामा सन् २०२० मा ६ लाख ३७ हजार २४० यूनिट बिजुली खपत भएको छ । जसको बिल ७० लाख भारु आएको थियो । यस बिलमा नियम अनुसार अम्बानीले ४८ हजार ३५४ भारु डिस्काउन्ट पनि प्राप्त गरेका थिए । एंटीलयामा एलिभेटेड पार्किङ र एक्सटेन्सिव एयर कन्डिसनको व्यवस्था छ । जसले धेरै बिजुली खपत गर्छ ।

महँगो घर

मुकेश अम्बानीको २७ तले बंगलाको नाम एक द्वीपको नामबाट राखिएको हो । यसमा ३ हेलिप्याड, ५० सिटर थिएटर, ९ एलिभेटर, स्विमिङ पुल, रेजिडेन्सियल क्वाटर छ । साथे घरमा विलासी बाथरुम फिटिङ पनि लगाइएको छ । गार्जियन पत्रिकाका अनुसार एंटीलयाको मूल्य ४५६७ करोड भारु हो । यो संसारको महँगो घर मध्ये एक हो ।

कर्मचारीलाई लाखौं तलब

लाइभ मिररका अनुसार मुकेश अम्बानीको एंटीलयामा काम गर्ने कर्मचारीको तलब २ लाख भारु प्रति महिना छ । घरको प्लम्बरको तलब पनि २ लाख भारु छ । तलबका साथ मेडिकल अलाउन्स र बच्चाका लागि एजुकेशन अलाउन्स पनि कर्मचारीलाई दिइन्छ । अम्बनीको एंटीलयामा कर्मचारी बन्न सरकारी सगरमाथा चढ्न भन्न पनि गाह्रो छ ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स