सिटिजन लाइफ इन्स्योरेन्ससहित यी कम्पनीको भयो सर्वाधिक सेयर खरिद बिक्री

काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा गिरावट आएको छ ।

बिहीबार, नेप्से परिसूचक ११.०४ अंकले घटेर १९५६.९२ अंक विन्दुमा आइपुगेको छ ।

आज ३५ लाख ६२ हजारको कित्ता सेयर १ अर्ब १० करोड ६५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ४८ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७२ वटा कम्पनीको घटेको छ भने १२ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सिटिजन लाइफ इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ४ करोड ४३ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, नबिल बैंकको ३ करोड १८ लाख, सोल्टी होटलको ३ करोड ९ लाख, सन नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ३ लाख, हिमालयन लघुवित्तको ३ करोड २ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स