नाडामा प्रि-बूक गरिएका सिट्रोनका गाडीहरु दशैंअघि नै ग्राहकहरुले पाउने

काठमाडौं । नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रा.लि.ले नाडा अटो शोमा प्रि–बुकिङ गरेका ग्राहकहरूलाई दशैं अघि नै नयाँ गाडी डेलिभर गर्न सुरु गरेको छ । सांग्रिलाको यो कदमले आफ्ना ग्राहकहरुलाई सर्वोत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धतालाई झल्काएको छ ।

भर्खरै समापन भएको नाडा अटो शोमा धेरै ग्राहकहरूले सिट्रोनको नयाँ विद्युुतिय गाडी सिट्रोन ई सि थ्रि र पेट्रोल गाडी सिट्रोन सि थ्री बुकिङ गरेका थिए । सिट्रोन ई सि थ्री भारतमा बनेको कम्प्याक्ट एसयुभी सेग्मेन्टमा सबैभन्दा आकर्षक मुल्यमा उपलब्ध ईभि हो । आफ्ना ग्राहकहरुको उत्साहजनक प्रतिक्रियाको लागि कृतज्ञता व्यक्त गर्न सिट्रोनले दशैं अगावै गाडीहरुको डेलिभरी प्रक्रिया सुरु गरेको हो ।

सांग्रिला मोटर्स प्रालिका म्यानेजिङ डाइरेक्टर हेमन्त गोल्छाले भने, ‘नाडा अटो शोमा हाम्रा ग्राहकहरुले देखाउनुभएको माया र साथ प्रति हामी आभारी छौं । जति पनि गाडीहरु नाडा अटो शोमा बूक भएका थिए तिनीहरु सबै दशैं अगाडि नै वहाँहरुको हातमा पु¥याइसक्ने उद्देश्यले हामीले यी गाडीहरुको डेलिभरी पनि सुरु गरिसकेका छौं । आशा छ हाम्रा ग्राहकहरुले यो वर्षको दशैँ तिहार सिट्रोनको नयाँ गाडीसँग रमाइलो तरिकाले मनाउनु हुनेछ ।’

सिट्रोन आफ्ना ग्राहकहरूको नवीनतम आवश्यकताहरू पुरा गर्न ईनोभेटिभ र स्टाइलिश गाडीहरू बजारमा ल्याउन प्रतिबद्ध छ । सांग्रिला मोटर्स प्रा.लि.ले पोखरा र चितवन लगायत थापाथली, बिर्तामोड, इटहरी, विराटनगर, बुटवल, नेपालगंज, दाङ्ग र धनगढीमा पनि आफ्ना नयाँ शोरुमहरु विस्तार गरेको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स