नेप्से ९ अंकले बढ्दा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको चौंथो दिन सेयर बजार सामान्य अंकले बढेको छ ।

बुधबार, नेप्से परिसूचक ९.२४ अंकले बढेर १९६७.९७ अंक विन्दुमा आइपुगेको छ ।

आज ४३ लाख २३ हजारको कित्ता सेयर १ अर्ब १८ करोड ९९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १७४ वटा कम्पनीको सेयर मूल्य बढ्दा ५२ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सिटिजन लाइफ इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ६ करोड ९३ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ३० लाख, शिवम् सिमेन्ट्सको ३ करोड ४१ लाख, एनआईसी एसिया बैंकको ३ करोड १३ लाख, सन नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड १ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स