सानिमा बैंकको मोबाइल बैंकिङमा विशेष क्यास ब्याक योजना

काठमाडौं । सानिमा बैंक र फोनपे प्रा.लिको सहकार्यमा, सानिमा सजिलो इबैंकिङ सेवा प्रयोगकर्ताका लागि विशेष क्यास ब्याक योजना ल्याएको छ । यो योजना कार्तिक मसान्त २०८० सम्म लागू हुने छ ।

यस अन्तर्गत, पहिलो पटक सानिमा सजिलो इबैंकिङ सेवा प्रयोग गर्ने ग्राहकहरुलाई एयरलाइन्सको टिकट खरिदमा ५ प्रतिशत वा अधिकतम २०० रूपैयाँ, विजुलीको बिर्ल ितर्दा २ प्रतिशत वा अधिकतम २५ रूपैयाँ र इन्टरनेटको बिल तिर्दा २ प्रतिशत वा अधिकतम ५० रूपैयाँ सम्मको क्यास ब्याक को व्यवस्था गरेको छ ।

मोबाइल बैंकिङ प्रयोग नगरेका ग्राहकलाई प्रोत्साहन गर्न बैंकले यो योजना ल्याएको हो । योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई ‘पहिलोलाई प्राथमिकता’ को आधारमा क्यास ब्याक प्रदान गरिने छ ।

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स