दशैंमा कति साटियो नयाँ तथा सुकिला नोट ?

काठमाडौं । बडा दशैं २०७८ का लाागि सर्वसाधारणले ३८ अर्ब रुपैयाँभन्दा बढी नयाँ नोट साटेका छन् । राष्ट्र बैंकले ठूला साना गरी दशैंका लागि करिब ३८ अर्ब १० करोड रुपैयाँ नोट सटही गरेको हो । दशैंलाई लक्षित गरेर राष्ट्र बैंकले असोज ४ गतेदेखि ने नयाँ नोट सटही गर्न सक्ने व्यवस्था मिलाएको थियो ।

दशैंमा साना दरमा १३ अर्ब रुपैयाँ र ठूलादरका २५ अर्ब रुपैयाँ नयाँ नोट सर्वसाधारणले सटही गरेका हुन् । नयाँ नोट सटहीमा राष्ट्र बैंकले ५, १०, ५० र १०० दरका नोटमात्र राखेको थियो । ५०० र १००० दरका ठूला नोटहरु भने नयाँ तथा सुकिला नोट नै सटही गरेको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपालले जानकारी दिए । अघिल्लो वर्ष दशैंमा १० अर्ब रुपैयाँ बराबरको मात्र नयाँ नोट सहटी भएको थियो ।

सानादरका नोटमात्र सटही भएका छन्, ठूलादरका नोट नयाँ सुकिला दुवै सटही भए । यो सँगै बजारमा हाल चलनचल्तीमा ७ खर्ब १० अर्ब रुपैयाँ पुगेको पुगेको छ । गत वर्षको असोजमा ५ खर्ब ६३ अर्ब रुपैयाँ नोट चलन चल्तीमा थियो ।

गत वर्षको दशंैमा केन्द्रीय बैंकले कोरोना संक्रमणका कारण नयाँ नोट सटही गरेको थिएन । नयाँ नोटको पर्व दशैंमा राष्ट्र बैंकले भने यस वर्ष भने न्यूनतम स्वास्थ्यको मापदण्ड पुरा गर्दै सटही सुविधा प्रदान गरेको हो ।

राष्ट्र बैंकले सबै प्रादेशीक कार्यालयहरुबाट नयाँ नोट सटहीको व्यवस्था मिलाएको थियो । यस वर्ष कोरोनका कारणले गर्दा अन्य बैंकबाट पनि सहजै नयाँ नोट साट्न सक्ने व्यवस्था मिलाएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स