यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने १० कम्पनी

काठमाडौं । मंगलबार, नेप्से परिसूचक १७.५६ अंकले घटेर १९५८.७२ अंक विन्दुमा आइपुगेको छ ।

आज ३९ लाख ६५ हजारको कित्ता सेयर १ अर्ब १९ करोड ९१ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ४४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८७ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, समता घरेलु लघुवित्तको ७.९१%, घलेम्दी हाइड्रोपावरको ७.८१%, हिमालयन लघुवित्तको ६.२२%, आशा लघुवित्तको ५.८०%, अपर हेवे खोला हाइड्रोपावरको ४.५१ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, सामुदायिक लघुवित्तको ७.५४%, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को ७.०८%, सिवाइसी नेपाल लघुवित्तका ६.४२%, हिमालयन उर्जा विकासको ६.३%, रिभर फल्स पावरको ५.३४ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स