सिटिजन लाइफ इन्स्योरेन्ससहित यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको तेस्रो दिन सेयर बजार गिरावट आएको छ ।

मंगलबार, नेप्से परिसूचक १७.५६ अंकले घटेर १९५८.७२ अंक विन्दुमा आइपुगेको छ ।

आज ३९ लाख ६५ हजारको कित्ता सेयर १ अर्ब १९ करोड ९१ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ४४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८७ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सिटिजन लाइफ इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ५ करोड ५९ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, एनआईसी एसिया बैंकको ५ करोड ३० लाख, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ७२ लाख, शिवम् सिमेन्ट्सको ३ करोड ६८ लाख, सन नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड १७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स