ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड–१ को लाभांश घोषणा

काठमाडौं । ग्लोबल आईएमई म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड–१’ ले लाभांश घोषणा गरेको छ । सोमबार बसेको योजना व्यवस्थापक ग्लोबल आईएमई क्यापिटलको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८०को लाभांश घोषणा गरेको हो ।

बैठकले यस योजनाका इकाइधनीहरुलाई उक्त आर्थिक वर्षका लागि करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार इकाइधनीहरुलाई कुल ५ करोड १२ लाख ८८ हजार १८० रुपैयाँ वितरण गर्ने निर्णय गरेको क्यापिटल सञ्चालक समितिले जनाएको छ ।

साथै, क्यापिटलले यस योजनाको लाभांश वितरणार्थ बुक क्लोजको मिति पछि तय गरिने जनाएको छ।

यस योजनाको कोष प्रवर्द्धकमा ग्लोबल आईएमई बैंक रहेको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स