डलरको भाउ स्थिर रहँदा युरो र पाउण्ड स्टर्लिङको भाउ घट्यो

काठमाडौं । अमेरिकी डलरको भाउ आज पनि स्थिर रहेको छ । अमेरिकी डलरको मूल्य स्थिर रहँदा आज युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको मूल्य भने घटेको छ ।

शनिबारदेखि १ अमेरिकी डलरको खरिद दर १३२.५७ रुपैयाँ र बिक्री दर १३२.१७ रुपैयाँ रहेको छ । आज १ युरोपियन युरोको खरिद दर १३९.६६ रुपैयाँ र बिक्री दर १४०.७९ रुपैयाँ रहेको छ । हिजो १ युरोपको बिक्री दर १४०.१५ र बिक्री दर १४०.४९ रुपैयाँ थियो ।

१ पाउण्डको खरिद दर आज १६१.१२ रुपैयाँ र बिक्री दर १६२.४६ रुपैयाँ तय भएको छ। हिजो १ पाउन्डको खरिद दर १६१.७३ रुपैयाँ र बिक्री दर १६२.५६ रुपैयाँ थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स