नेप्सेमा एनआइसी एशिया र एभरेष्ट बैंकको सेयर मूल्य समायोजन, भोलि कतिमा खुल्दैछ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एनआइसी एशिया बैंक र एभरेष्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । कम्पनीले बोनस सेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरेको हो ।

जसअनुसार, एनआइसी एशिया बैंक २९ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको आज सेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम ७६१.५० रुपैयाँका आधारमा नेप्सेले २९ प्रतिशत बोनस सेयर वितरणपछिको सेयरमूल्य ५९०.३१ रुपैयाँ कायम गरेको छ ।

त्यस्तै, एभरेष्ट बैंकको १० प्रतिशत बोनस सेयरमा सेयर मूल्य समायोजन भएको छ । कम्पनीको आज सेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम ५६६ रुपैयाँका आधारमा नेप्सेले १० प्रतिशत बोनस सेयर वितरणपछिको सेयरमूल्य ५१४.५५ रुपैयाँ कायम गरेको छ ।

योसँगै, अब नेप्सेले समायोजन गरेको मूल्यका आधारमा यी दूई बैंकको भोलि मंगलबार बाट कारोबार हुनेछ ।

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स