सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा काम गर्छुभन्दा गर्व लाग्छः सरला प्रसाईँ, अन्डरराइटिङ हेड

काठमाडौं । सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स एक आपसमा मर्ज भएर सिद्धार्थ प्रिमियर इन्स्योरेन्स बन्यो । मर्जरपछि नयाँ सिनर्जीका साथ काम गर्दा निर्जीवन बीमा कम्पनीमा बिजनेशका हिसाबले दोस्रो ठूलो कम्पनी बन्न पुग्यो । मर्जरको सिनर्जीले काम गर्दा पछिल्लो समय कम्पनीको प्रगति ग्राफ उक्लदो गतिमा छ । कम्पनीको यो सफलता देखेर कर्मचारी उत्तिकै खुशी र उत्साही छन् र कसैले कुन अफिसमा काम गर्ने भनेर सोध्दा गर्वसाथ भन्छन् सिद्धार्थ इन्स्योरेन्समा । अझ भन्ने हो भने उनीहरूलाई सिद्धार्थ प्रिमियरमा काम गर्ने कर्मचारी हौं भन्दा गर्व लाग्छ ।

कर्मचारीमा देखिएको त्यो उत्साहले कम्पनीलाई थप उचाईमा पुर्याउन इँटा थप्ने काम गरेकोे छ । कम्पनीले यो सफलता हासिल गर्नुमा मुख्य रोल नेतृत्व र कर्मचारी पङ्तीलाई जान्छ । तीनै कर्मचारी मध्येकी एक हुन् सरला प्रसाईँ ।

सिद्धार्थ प्रिमियर इन्स्यारेन्सको कोर बीमाको कार्य सम्पादन गर्ने विभाग अन्डरराइटिङ प्रमुख हुन् सरला । बीमा क्षेत्रमा ३ दशक भन्दा लामो अनुभव हासिल गरिसकेकी प्रसाईँको जागीरे जीवनको बढी समय अन्डरराइटिङमै बितेको छ । केहि समय उनले एकाउन्टमा पनि काम गरिन् । दि ओरिएन्टल इन्स्यारेन्स कम्पनीबाट उनी ३२ वर्षअघि बीमा क्षेत्रमा प्रवेश गरेकी सरला अहिले दैनिक आफ्नो मातहतका कर्मचारीहरूले गरेको कामको निरीक्षण र निगरानीमात्रै गर्दिनन् उनीहरूले गरेको काममा हौसला थप्ने र जिम्मेवार बनाउन पनि सिकाउँछिन् । कर्मचारीलाई दक्ष बनाउनेदेखि बीमा पोलिसीको रेटिङ चेकजाँचमा मसेत उनी उत्तिकै पोख्त छिन् ।

जतिबेला उनले बीमा कम्पनी प्रवेश गरिन् त्यतिबेला महिला कर्मचारी त्यति थिएनन् । अहिले सिद्धार्थ प्रिमियर इन्स्यारेन्समा ६६० जना कर्मचारी छन्, सोमध्ये करिब ६० प्रतिशत महिला छन् । सिद्धार्थमा मात्रै होइन बीमा क्षेत्रमै महिला कर्मचारी उल्लेख्य छन् । सगरमाथा लुम्बिनी इन्स्यारेरेन्सका सीईओ चंखी क्षेत्री, सिद्धार्थ प्रिमियर इन्स्यारेन्सका सीईओ बीरेन्द्र वहादुर वैदवार क्षेत्री र उनी एकै दिन बीमा क्षेत्रमा प्रवेश गरेका हुन् ।

सुरुको समयमा अहिले जस्तो प्रविधिको सुविधा थिएन । ट्यारिफकै लागि आफूभन्दा सिनियरसँग गएर सोध्नु पथ्र्यो । काम सबै म्यानुयल्ली गर्ने हो । ट्यारिफको लिष्ट सिनियर सरहरूसँगमात्रै हुन्थ्यो । त्यति बेला सायद फोटोकपी गर्न समेत सहज थिएन होला । र त नि हामीले बीमाको ट्यारिफ उल्लेख गरेको फाइल समेत आफूभन्दा सिनियर सरहरूकोमा गएर हेर्नु पथ्र्यो, उहाँहरूलाई सोधेर बीमालेखको रेटिङ गर्ने गथ्र्यौ । त्यति बेला बीमा सम्बन्धी धेरै प्रचार प्रसार थिएन, अझ भनौ मानिसहरूले बीमा गर्नुपर्छ भनेर बुझिसकेका नै थिएनन् । कम्पनीमाथि आशंका गरिन्थ्यो । पैसा लिएर चाग्ने छ होइन भन्ने डर थियो मानिसमा ।

अहिले धेरै परिवर्तन आइसकेको छ । बीमाको क्षेत्र फरकिलो बनेको छ । पहुँच वृद्धि बढ्दो छ । बीमा कम्पनी र बीमक दुबैको संख्यामा वृद्धि भएका छन् । त्यति बेला ८÷१० वटामात्रै बीमा कम्पनी थियो । पछिल्लो समय प्रविधिले काम गर्न अझ सहज बनाएको छ । अहिले पोलिसी रेटिङ गर्नको लागि पहिले जस्तो ट्यारिफ हेर्नलाई हिडिरहनु पर्दैन, न त सरहरूलाई पोलिसी रेटिङ ठिक छ कि छैन भनेर सोध्नु र देखाउनु पर्छ । नियामकीय निकाय नेपाल बीमा प्राधिकरणले तोकेको विधि र प्रक्रिया अनुरुप कम्पनीले बिजनेश व्यापार गर्ने हो, अहिले त प्रविधिले नै हाम्रो आधा काम गरिदिन्छ ।

‘२०७२ सालमा भूकम्प आयो, त्यसपछि नाकाबन्दी भयो, अनि कोभिड आयो, यसले हामीलाई धेरै कुरा सिकायो,’ उनले थपिन् ‘भूकम्प पछि सम्पत्ति बीमा गर्नेको संख्या बढेपनि हुनुपर्ने जति भने अझै हुन सकेको छैन । आम मानिसलाई घर तथा अन्य सम्पत्तिको बीमा गर्नुपर्छ भनेर भूकम्पले पनि सिकाएको हो । कोभिड माहामारीले हामीलाई प्रविधि मैत्री बनायो ।

यस सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गत भदौ ८ गते एसपीआईएल डीआईजीआई डिजिटल प्रणालीको सुरुवात गरे पश्चात ५० हजार रुपैयाँसम्मको दावी भुक्तानीका लागि भौतिक रुपमा बीमित कम्पनीमा उपस्थिति हुन पर्दैन । यो प्रणाली कार्यान्वयनमा आएपछि बीमितले सम्पूर्ण दावी सम्बन्धी कागजात सिष्टममा अपलोड गरी दावी प्रकृया पुरा गरे पश्चात बीमितको खातामा आईपीआईएल मार्फत दावी भुक्तानी गरिने छ । आईपीआईएल डीजीको प्रयोगले दावी भुक्तानी प्रकृया छिटो सम्पन्न भई उल्लेख्य मात्रामा दावीको संख्या घटाउन सकिने कम्पनीले विश्वास लिएको छ ।

‘साना साना दावी बीमाको लागि अब पोलिसी होल्डर बीमा कार्यालय आउनु पर्दैन,’ उनले भनिन् ‘प्रविधिले मानिसको पैसा र समय दुबै बचाएको छ ।’ कम्पनीको वर्क लोडमा केहि सहजता आएको छ । कम्पनीको कुल बिजनेशको २५ देखि ३० प्रतिशत दावी यहि रेन्चको हुने अनुमान कम्पनीले गरेको छ । अहिले दावी भुक्तानी प्रकृया मात्र एसपीआईएल डीजी मार्फत गर्न सकिने भएपनि निकट भविष्यमा कम्पनीले यहि प्रविधिमार्फत बीमा लेखहरू जारी तयारी गरिसकिएको छ । पहिलो चरणमा मोटर बीमा, घर बीमा, ट्राभल मेडिकल बीमा र इलेक्ट्रोनिक इक्युमेन्ट बीमा यस प्रविधिमार्फत गरिने छ ।

कार्यालय होस् या घरको इन्भारमेन्ट आफूले नै तय गर्ने हो । ३२ वर्षको जागीरे जीवनमा सहयोग माग्दा नपाएको छैन । अप्ठ्यारो पर्दा सबैको साथ र सहयोग पाएको छु । बीमा कम्पनीमा त्यो पनि अन्डरराइटिङ विभागमा बसेर काम गर्न त्यति सहज छैन। त्यो दिनको बिजनेशको बीमालेखहरू त्यहि दिन नै जारी गर्नुपर्ने हुन्छ । ‘बच्चा विरामी पर्दा तथा काम पर्दा आफ्नो जिम्मेवारीको काम सकिएन भने त्यसको जिम्मा सहकर्मी साथीलाई लगाएर जानु पर्ने हुन्छ । बजारको माग अनुसार छिटो र झन्झट रहित सेवा दिनु आफू सधै सजग र सक्षम हुनुपर्दछ ।

मैले कहिले यो भएन त्यो भएन भनेर कसैलाई गुनासो गरिन । मात्रै आफ्नो कर्म गरिरहे,’ त्रिभुवन विश्व विद्यालयबाट अर्थशास्त्र विषयमा स्नातकोत्तर डिग्री हासिल गरेकी प्रसाईँले भनिन् । आफूले पढेकोे विषय र उस्तै प्रकृतिको काम भएकोले उनलाई काम गर्दा कहिल्यै पछाडि फर्केर हेर्नु परेन । सधै उनका पाइला अघि बढिरहे । सफलता मिल्दै गयो र त नि दुई छोराकी आमा प्रसाईँ घरमा मात्रै होइन कार्यालयमा पनि सबैको मन जित्न सक्ने, व्यवस्थापन मिलाउन जान्ने जिम्मेवार कर्मचारी बनिन् ।

दि ओरिएन्टलमा ४ वर्ष काम गरेपछि प्रिमियर इन्स्योरेन्स प्रवेश गरेकी प्रमुख प्रसाईँलाई बीचमा धेरै अवसरहरू आए । तर, अन्य भन्दा बेष्ट नै प्रिमियर ‘इन्स्योरेन्स हो भनेर म निरन्तर रपमा यहि कम्पनीमा कार्यरत छु,’ उनले भनिन् ‘अब यहि कम्पनीबाट अवकास लिने हो ।’ कुशल नेतृत्व र असल व्यवस्थापनका कारणले कम्पनी सबैले गर्व गर्न लायकको बनेको छ ।’

सिन्धुलीमा जन्मिएकी प्रसाईका राजनीतिज्ञ बुबाले छोरोछोरीलाई सहरमा पढाउनु पर्छ अनिमात्रै प्रतिस्पर्धी बन्न सक्छन् भनेर विद्यालय तहदेखिनै काठमाडौं मै ल्याएर पढाउनु भएको हो । २०४७ सालमा स्नातक तहको अन्तिम परीक्षा दिएपछि रिजल्ट आउने समय कुर्न उनलाई गाह्रो भयो । के गर्ने त ? केहि गर्न पाए केहि सिकिन्थ्यो भन्ने लाग्यो । पैसा कमाउन नभइ त्यो खाली समयमा केहि सिक्ने लक्ष्यका साथ उनले रिजल्ट नआउन्जेल काम गर्ने निधो गरिन् । त्यतिनै बेला दि ओरिएन्टल इन्स्योरेन्समा कर्मचारीको आवेदन माग भयो । आवेदन दिए,’ उनले भनिन् ।

उनको मेहनत खेरा गएन सहायक पदमा नाम निस्कियो । सो कम्पनीमा करिब ४ वर्ष काम गरेपछि २०५२ मा उनी प्रिमियर इन्स्योरेन्समा अफिसरको रुपमा प्रवेश गरिन् । कम्पनी प्रवेश गरेपछि काम सिक्दै गएपछि उनको कन्फिडेन्स लेभल पनि बढ्दै गयो । काम गर्दै गर्दा अब आफूलाई चाहिने खर्च आफै जुटाउन पर्छ भन्ने पनि उनले महसुस गरेकी हुन् । आज उनी जुन जिम्मेवार पदमा छिन् त्यो सबै सिनियर सरहरूको मार्गदर्शन सुझाव, हौसला र सहकर्मी साथीभाइहरूको साथ र सहयोगले साथ सहयोगले नै सम्भव भएकोमा उनी गर्व गर्छिन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स