हिमालयन रि इन्स्योरेन्सको सिईओमा उपासना पौडेल नियुक्त

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा उपासना पौडेल नियुक्त भएकी छिन् । कम्पनी सञ्चालक समितिको बैठकले पौडेललाई सीईओमा नियुक्त गरेको हो ।

यसअघिका सीईओ चन्द्रशेखरनले दिएको राजीनामा स्वीकृत गर्दै बैठकले पौडेललाई सीईओ नियुक्त गरेको हो । उनी यसअघि सोही कम्पनीको डेपुटी सीइओमा कार्यरत थिइन ।

पौडेलसँग यसअघि युनाइटेड इन्स्योरेन्स कम्पनीमा सीईओ भएर काम गरिसकेको अनुभव रहेको छ । पौडेल गत वर्षको मंसिर १३ गतेदेखि हिमालयन रि इन्स्योरेन्स कम्पनीको डेपुपटी सीईओमा आबद्ध भएकी थिईन् । देशका ठूला उद्यमी व्यवसायिक घरानाको लगानी रहेको उक्त कम्पनीको १० अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको छ ।

करिब चार वर्ष निर्जीवन बीमा क्षेत्रमा काम गरेकी पौडेल पुनर्बीमा क्षेत्रमा प्रवेश गरेकी छिन् । २०७८ बैशाखमा कम्पनीको सीईओमा नियुक्त भएकी पौडेल एक कार्यकाल सकिनु अघिनै राजीनामा गरेर हिमालयन रि मा डेपुटी सीईओ बनेकी थिईन । ३५ वर्षको उमेरमा नै सीईओको भूमिका निर्वाह गरेकी उपासना हाल दोसो ठूलो पुनर्बीमा कम्पनीमा हिमालयन रिको सीईओ नियुक्त भएकी हुन् ।

विगत एक दशक बढी समयको कार्यानुभव बटुलेकी पौडेलले दिल्ली विश्वविद्यालयको फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिज (एफएमएस)बाट एमबिएसम्मको अध्ययन पुरा गरेकी छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स