सावधान ! नोटमा केरमेट गरे अर्थात लेखेमा फौजदारी कसुर लाग्न सक्छ, जतनसाथ प्रयोग गर्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । सावधान ! नोटमा केरमेट गरे अर्थात लेखेमा फौजदारी कसुर लाग्न सक्छ । सरकारले भदौ १ गतेदेखि मुलुकी अपराध (संहिता) ऐन, २०७४ र मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४ पनि लागू गरेको छ ।

उक्त ऐनमा, नोटमा लेख्ने र केरमेट गर्नेलाई पनि फौजदारी कसुर भनि परिभाषित गरिएको छ । नोटलाई काम नलाग्ने गरी च्यातेमा वा कसैले बैंक नोटमा लेखेमा वा कोरेमा त्यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद र ५ हजारसम्म जरिवाना हुने व्यवस्था ऐनमा गरिएको छ । जानी नजानी नोटमा केरमेट वा लेख्ने गरेमा वा आफुसँग राखेमा मात्र कसुर गरेको ठहरिने व्यवस्था उक्त ऐनमा गरिएको छ ।

राष्ट्र बैंकले ९ वर्ष अघिदेखि नै सफा नोट नीति लागू गरिसकेको छ । त्यस्तो नीति ल्याएपछि पनि नोट केरमेट गर्ने बानीमा परिवर्तन नभएपछि बाध्य भएर सजायको व्यवस्था गरिएको हो ।

नेपाल राष्ट्र बैंकले पनि नोट हाम्रो सम्पत्ति हो, नोट सभ्यताको प्रतीक भएकोले यसको जतनसाथ प्रयोग गर्न आग्रह गरेको छ । यतिमात्र होइन राष्ट्र बैंकले नोटको जतन गर्न मनिब्यागको प्रयोग गर्न समेत सर्वसाधारणलाई अनुरोध गरेको छ ।

राष्ट्र बैंकले नोट केरमेट नगरौं, नोटलाई मैलो पार्ने कुनै काम नगरौं, सुकिला नोटको प्रयोग गर्ने बानी बसाल्न अनुरोध गरेको छ । कारोबारको भुक्तानी गर्दा टाँचा वा स्टिच लगाउँदा नोट च्यातिने तथा स्टिच निकाल्ने गाह्रो हुने र नोटको आयुसमेत घट्ने हुँदा यस्तो कार्य नगर्न पनि राष्ट्र बैंकले सुझाएको छ ।

धार्मिक अनुष्ठान वा सामाजिक कार्य गर्दा नोटमा रङ, पानी, दुध, रगत भनि भनिएको छ । यसका साथै शंकास्पद तथा जाली नोट पाइएमा राष्ट्र बैंकलाई जानकारी गराउन अनुरोध गरेको छ ।

यद्यपि दशैं भन्ने वित्तीकै नयाँ नोटको पर्व भनेर बुझिन्छ । विशेष गरेर दशैंका लागि नयाँ नोट साट्ने यो पुरानै प्रचलन हो । पहिला पहिला राष्ट्र बैंकले मात्रै साट्ने गरेको नयाँ नोट यस वर्ष कोरोनाका कारण सबै बैंकहरूले सहजै नयाँ नोट साट्ने व्यवस्था पनि मिलाएका छन् ।

तर, हामी नयाँ नोट पाएपछि त्यसको जतन गर्न सकिएन अर्थात जथाभावी नोट केरमेट गरियो भयो कानुनी कारवाही पनि हुन सक्छ । यदि नोटमा लेख्ने तथा केरमेट गरेरमात्र होइन यदि केरमेर गरेको नोट तपाईको साथमा छ भने पनि प्रहरीले समाएर जेल हाल्न सक्छ ।

नोट छाप्दा सरकारी ढुकुटीबाट प्रशस्त रकम खर्च हुने गरेको छ । हामीले चलाउने नोट छाप्न औसतमा ५ रुपैयाँ खर्च भइरहेको हुन्छ । यो खर्चलाई जोगाउन पनि नोटको जतन गर्न आवश्यक छ । यदि जतनका साथ नोट कारोबार गर्यो भने ५ देखि १० वर्षसम्म टिक्न सक्छ । नत्र यसको आयु भनेको साढे ३ वर्षमात्रै हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स