मर्ज भएका बैंकभन्दा बिजनेशमा अब्बल देखिए बीमा कम्पनी, सगरमाथा लुम्बिनी र सिद्धार्थ प्रिमियरले गरे उल्लेख्य प्रगति

काठमाडौं । गत आवमा वाणिज्य बैंक र बीमा कम्पनीहरूमा मर्जरले ठूलो स्थान पायो । मर्जरमा गएका वाणिज्य बैंकहरूको प्रफरमेन्स त्यति राम्रो भएन । मर्जरमा गएका बैंकमध्ये कुमारी र हिमालयन बैंकले त आफ्नो सेयरधनीलाई प्रतिफलनै दिन नसक्ने भएका छन् ।

मर्जरमा गएका अन्य बैंकहरू ग्लोबल आईएमई, नबिल, लक्ष्मी सनराइज, नेपाल इन्भेष्टमेनट मेगा बैंक, प्रभु बैंकमा पनि सिनर्जी देखिएन । यी बैंकहरूको वित्तीय विवरण मर्जर अघिको वर्षकोभन्दा खस्किएको छ । पछिल्लो पटकको मर्जरपछि २८ वटा वाणिज्य बैंकहरू २० वटामा सीमित भए भने ४० वटा बीमा कम्पनी ३० वटा(माइक्रोबाहेक) मा सीमित भए ।

तर, मर्जरमा गएका बीमा कम्पनीहरूले भने आफूलाई अब्बल बनाए । मर्जरमा गएका अधिकांश बीमा कम्पनीहरु व्यवसायिक रुपमा थप सशक्त हुँदै आफूलाई व्यवसायमा बलियो बनाउँदै लगेका छन् । पछिल्लो एक वर्षमा १२ वटा निर्जीवन बीमा कम्पनी मर्जरमा सामेल भए । नेपाल बीमा प्राधिकरणको पुँजी वृद्धिको निर्देशन अनुसार मर्जरको विकल्प रोजेका १२ वटा निर्जीवन बीमा कम्पनी ६ वटामा सीमित भए । नेपालमा निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीको संख्या २० वटाबाट झरेर १४ वटा कायम भयो ।

मर्जरमा गएका निर्जीवन बीमा कम्पनीमध्ये सगरमाथा लुम्बिनी इन्स्यारेन्स र सिद्धार्थ प्रिमियर इन्स्यारेनस बिजनेशका हिसावले अझ बढी अब्बल र सशक्त बनेर अघि नेपाल बीमा प्राधिकरणले भदौ मसान्तसम्ममा सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।

मर्जरमा गएका निर्जीवन कम्पनीहरूमध्ये सगरमाथा लुम्बिनी इन्स्यारेन्सको कुल बीमा शुल्क भदौ महिनामा बढेर ९१ करोड ४७ लाख पुगेर बढी व्यवसाय गर्ने पहिलो कम्पनी बन्यो भने सिद्धार्थ र प्रिमियर इन्स्योरेनस मिलेर बनेको सिद्धार्थ प्रिमियर इन्स्योरन्स व्यवसायका हिसाबले दोस्रो ठूलो कम्पनी बन्यो ।

यी दुई कम्पनीहरूले चालु आवको दोस्रो महिना भदौसम्म क्रमशः ९१ करोड ४७ लाख र ७३ करोड ४१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । त्यसैगरी हिमालय एभरेष्ट इन्स्योरेन्सले ६४ करोड २१ लाख बीमा शुल्क आर्जन गरेर बढी व्यवसाय गर्ने चौथो कम्पनी बनेको छ । आईजीआई प्रूडेन्सियल, सानिमा जीआईसी, यूनाइटेड अजोड इन्स्योरेन्सको व्यवसाय पनि उल्लेख बढेको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सले चालु आवको दोस्रो महिला भदौसम्म ६४ करोड २१ लाख रुपैयाँ बीमा व्यवसाय गरेको छ भने आईजीआई प्रूडेन्सियल ५५ करोड रुपैयाँको बीमा व्यवसाय गरेको छ । सानिमा जीआईसीले ३७ करोड ८८ लाख रुपैयाँको बीमा व्यवसाय गरेको छ ।

जीवन बीमा कम्पनीहरू पनि मर्जर जाँदा १८ वटा जीवन बीमा कम्पनी १४ वटामा सीमित भयो । पछिल्लो पटक ९ वटा जीवन बीमा कम्पनीहरू मर्जरमा गए । साउन महिनामा मर्जरमा गएका सूर्यज्योति लाइफ, हिमालयन लाइफको बीमा शुल्क १ अर्ब नाघेको छ भने सानिमा रिलाइन्स, प्रभु महालक्ष्मीको व्यवसाय पनि अन्य कम्पनीको तुलनामा राम्रै देखिएको छ । हुन त जीवन बीमा कम्पनीमा पहिलादेखि आफूलाई अब्बल बनाउँदै आएका कम्पनीको दबदबा बढी छ । यद्यपि मर्जर गएका कम्पनीको पनि अवस्था नराम्रो भन्न मिल्ने अवस्थामा छैन ।

कुन कम्पनी को कोसँग भए मर्ज ?
प्राइम लाइफ, गुँरास लाइफ र युनियन लाइफ मिलेर हिमालयन लाइफ बन्यो । सूर्या र ज्योति लाइफ इन्स्यारेन्स मिलेर सूर्या ज्योति लाइफ इन्स्यारेन्स, रिलाइन्स र सानिमा लाइफ मिलेर बनेको रिलाइन्स सानिमा लाइफ इन्स्यारेन्स, महालक्ष्मी र प्रभु लाइफ इन्स्योरेन्स मिलेर बनेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको परफरमेन्स पनि राम्रै छ ।

साविकको सगरमाथा र लुम्बिनी जनरल (सगरमाथा लुम्बिनी इन्स्योरेन्स), हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स (हिमालयन एभरेष्ट), सिद्धार्थ र प्रिमियमर (सिद्धार्थ प्रिमियर इन्स्योरेन्स), आईएमई जनरल र प्रुडेन्सियल (आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स), सानिमा जनरल र जनरल इन्स्योरेन्स (सानिमा जीआईसी), यूनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स (यूनाइटेड अजोड इन्स्योरेन्स) मर्जरमा सामेल भए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स