कुन मूल्यमा भयो सिटिजन लाइफ इन्स्योरेन्सको पहिलो सेयर कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार सुचारु भएको छ । आइतबारको स्पेसन प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार प्रति कित्ता ५०८ रुपैयाँमा भएको हो ।

नेप्सेले कम्पनीलाई पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम १७२.४३ रुपैयाँ र अधिकतममा ५१७.२९ रुपैयाँ ओपनिङ रेन्ज प्रदान गरेको थियो। जसमा कम्पनीको कारोबार उच्च रेन्जमा खुलेको हो।

बुधबार कम्पनीको १०० अंकित दरका कुल ३ करोड ७५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको थियो। नेप्सेले कम्पनीलाई ‘सीएलआई’ कारोबार संकेत प्रदान गरेको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स