दशैं नजिकेसँगै घट्दै सुनचाँदीको मूल्य, तोलामा कति पुग्यो ?

काठमाडौं । दशैं नजिकेसँगै सुनको मूल्य घट्ने क्रममा रहेको छ । गत सातापनि सुनको मूल्य ३ हजार ९ सय १५ रूपैयाँले ओरालो लागेको थियो ।

गत साता विश्व बजारमा सुनको मूल्यमा कमी आयो । अमेरिकी बजारमा सुनको बिक्री बढ्नाका साथै अमेरिकी डलर मजबुत बनेकाले मूल्यमा उच्च गिरावट आएको हो ।

आइतबार छापावाल सुनको मूल्य ८ सय रूपैयाँले घटेको छ ।

शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँ कायम भएकोमा आज ८ सय रूपैयाँले घटेर १ लाख ८ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ९५ रुपैयाँ कायम भएकोमा आज ३५ रूपैयाँले घटेर १३ सय ६० रूपैया कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स