पौने ६९ करोड नाफा कमाउने लक्ष्य राखेको सोनापुर मिनरल्सको आईपीओमा आजदेखि सर्वसाधारणले आवेदन दिन सकिने

काठमाडौं । चाल आर्थिक वर्षमा पौने ६९ करोड नाफा कमाउने लक्ष्य राखेको सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको आज असोज १४ गते आइतबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला भएको छ । यस कम्पनीले १०० अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसका दरले ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर सर्वसाधरणका लागि बिक्रीमा ल्याएको हो ।

कम्पनीले जारी पुँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० ९१ अर्ब २३ करोड २० हजार रुपैयाँ० प्रतिशतको आधारमा १ करोड २३ लाख २०० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । सोमध्ये पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र दाङ र रोल्पा जिल्लाका स्थानीय बासिन्दाका लागि १०० अंकित मूल्यमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता सेयर निष्कासन गरिएको थियो ।

उक्त सेयरमा स्थानीय बासिन्दाले १ लाख ३४ हजार ५२० कित्ताका लागि मात्र आवेदन दिएका थिए । रितपूर्वक आवेदन दिएका आवेदकलाई माग गरे बमोजिम सेयर बाँडफाँट भइसकेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १२ लाख १६ हजार ५६८ कित्ता, सामूहिक लगानी कोषका लागि ६ लाख ८ हजार २८४ कित्ता र कर्मचारीका लागि ६ लाख ८ हजार २८४ कित्ता पनि बाँडफाँट गरिसकेको छ ।

अब स्थानीयले नकिनेको सेयरसमेत थप गरेर सर्वसाधारणलाई बिक्री खुला गरिएको हो । यस आइपीओमा असोज १७ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयसम्म सबै सेयर बिक्री नभएमा भने असोज २८ गतेसम्म खुला रहनेछ ।

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलले जानकारी गराएको छ । सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर एपमार्फत पनि आवेदन दिन सकिनेछ ।

इन्फोमेरिक्स नेपालले २०७९ मंसिर १५ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८० मंसिर १४ गतेसम्म बाहल रहनेछ । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत स्थापित भएको कम्पनी हो ।

आईपीओपछि कम्पनीमा संस्थापक हिस्सा ६० प्रतिशत र सर्वसाधारण हिस्सा ४० प्रतिशत हुनेछ । आईपीओ निष्कासनपश्चात कम्पनीको सेयर प्रिमियम खातामा १ अर्ब ६६ करोड ६१ लाख ४९ हजार रुपैयाँ जम्मा हुनेछ ।

चालु आर्थिक वर्षको अन्त्यसम्म सोनापुर मिनरल्सले ५४ करोड ६ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ । आव २०८१/०८२ मा ६८ करोड ६० लाख ७६ हजार रुपैयाँ र आव २०८२/०८३ मा ७२ करोड ४२ लाख १९ हजार रुपैयाँ नाफा कमाउने अनुमान छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स