दशैंको मुखमा सरकारले पेट्रोल, डिजेल तथा खाना पकाउने ग्यासको मूल्य बढायो, ग्यासको मूल्य अहिलेसम्मको सर्वाधिक

काठमाडौं । सरकारले दशैंको मुखमा पेट्रोल, डिजेल तथा खाना पकाउने ग्यासको मूल्य बढाएको छ । नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ । निगमले शनिबार राती १२ बजेदेखि लागू हुने गरि डिजेल, पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य वृद्धि गरेको हो ।

निगमले पेट्रोलमा प्रतिलिटर २, डिजेल÷मट्टितेलमा प्रतिलिटर ६ रुपैयाले मूल्य वृद्धि गरेको छ । खाना पकाउने एलपि ग्यासको मूल्य पनि प्रति सिलिन्डर २ सय १५ रुपैयाँ बढाउने निर्णय गरेको हो ।

निगमले हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाएको छ । अब खाना पकाउने ग्यासको मूल्य प्रति सिलिन्डर २११० रुपैयाँ पुगेको छ । जुन इतिहासकै सर्वाधिक हो । ईन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य सूची अनुसार नेपालमा पनि मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2023/10/noc.pdf”]

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स