२१ कम्पनीको ६ अर्बको आईपीओ आउँदै, जलविद्युत कम्पनी बढी

काठमाडौं । प्राथमिक सेयर निष्कासन (आईपीओ) मा लगानी गरी राम्रो नाफा आर्जन गर्ने सोचमा हुनुहुन्छ भने पैसाको जोहो गर्नतिर लागि हाल्नोस् । विभिन्न क्षेत्रका २१ कम्पनीले सर्वसाधारणका लागि सेयर निष्कासन गर्दै छन् । यी कम्पनीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाउने वित्तिकै आईपीओ निष्कासन गर्नेछन् ।

२१ कम्पनीले ६ अर्ब ९४ करोड ७२ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने तयारी गरेका हुन् । आईपीओ निष्कासनका लागि अनुमति लिन नेपाल धितोपत्र बोर्ड (सेबोन) आवेदन दिएर बसेका कम्पनीमध्ये सबैभन्दा बढी जलविद्युत कम्पनी रहेका छन् ।

सेबोनमा आईपीओ निष्कासन गर्नका लागि आवेदन दिएर बसेका कम्पनीले कुल ५ करोड २२ लाख ५२ हजार ८९४ कित्ता सेयर पाइपलाइनमा रहेको छ । आईपीओ निष्कासनको लागि आवेदन दिने कम्पनीहरूमा १२ वटा जलविद्युत कम्पनी, ५ वटा माइक्रोफाइनान्स, २ वटा इन्स्योरेन्स कम्पनी र २ वटा अन्य कम्पनी रहेका छन् ।

आईपीओ निष्काशन गर्न आवेदन दिएका कम्पनीमध्ये रिलायबल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै आईपीओ निष्कासन गर्ने अनुमति माग गरेको छ । इन्स्योरेन्स कम्पनीले १ अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले साउन १२ गते सेबोनमा आवेदन दिएको हो । । रिलायबलले १०० रुपैयाँ अंकित मूल्यमा ११२ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २१२ रुपैयाँमा आईपीओ निष्कासनको तयारी गरेको छ ।

आईएमई लाइफ इन्स्योरेन्सले पनि ६० करोड रुपैयाँको ६० लाख कित्ता सेयर निष्काशन गर्न सेबोनसँग अनुमति माग गरेर आवेदन दिएको छ । कम्पनीले उक्त आईपीओ प्रतिकित्ता १ सय रुपैयाँको दरमा निष्काशन गर्न लागेको हो । कम्पनीले २०७८ जेठ ३१ गते आवेदन दिएको हो । यद्यपि सेबोनले केही कमेन्ट दिएको छ । सेबोनले दिएको कमेन्टलाई पुरा गरेपछि कम्पनीले आईपीओ निष्कासनको लागि अनुमति पाउने छ ।

आईपीओ निष्कासनका लागि अन्य कम्पनीबाट सबैभन्दा बढी चर्चामा रहेको डिसहोमले पनि आईपीओ निष्काशनको लागि आवेदन दिएको छ । डिसहोम मिडिया नेटवर्कले सर्वसाधारणको लागि २३ करोड ८५ लाख ९२ हजार ९ सय रुपैयाँको २३ लाख ८५ हजार ९२९ कित्ता सेयर निष्काशन गर्न लागेको हो । यो कम्पनीको आईपीओ लामो समयदेखि निकै चर्चामा रहेको छ । कम्पनीले गत असार ३० गते सेबोनमा आवेदन दिएको हो । उक्त कम्पनीलाई पनि सेबोनले कमेन्ट पिठाएको छ । कम्पनीले ग्लोबल आईएमई क्यापिटलाई बिक्री प्रवन्धक तोकेको छ ।

त्यसरी नै इमर्जिङ नेपालले पनि ५ करोड ५५ लाख ६० हजार रुपैयाँको आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित ५ लाख ५५ हजार ६ सय कित्ता सेयर निष्कासन गर्न सेबोनसँग अनुमति मागेको हो । इमर्जिङ नेपालको बिक्री प्रवन्धक एनआईसी क्यापिटल रहेको छ ।

त्यस्तै माइक्रोफाइनान्समा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र उपकार लघुवित्त वित्तीय संस्था, सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था रहेका छन् ।
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले साढे ८ करोड रुपैयाँको साढे ८ लाख कित्ता सेयर निष्काशन गर्नको लागि अनुमति मागेको छ भने नेष्डो लघुवित्त वित्तीय संस्थाले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता सेयर निष्कासन गर्न अनुमति मागेको हो ।

जाल्पा सामुदायिक वित्तीय संस्थाले ५ करोड २२ लाख, सीवार्ईसी नेपाल लघुवित्त वित्तीय संस्थाले ३ करोड ९५ लाख र उपकार लघुवित्त वित्तीय संस्थाले २ करोड ६६ लाख मूल्य बराबरको आईपीओ निष्काशन गर्न पक्रिया शुरु गरेको हो ।
त्यसरी नै हाइड्रोपावरहरूमा सयपत्री, मोलुङ्ग, रिभर फल्छ, राप्ती हाइड्रोपावर एण्ड जनरल कन्सट्रक्सन, दोर्दी, अपर सोलु, अपर हेवाखोला, विन्दबासिनी, हिमालयन हाइड्रोपावर, बलेफी, ग्रिन भेन्चर कम्पनीले आईपीओ निष्काशनको लागि सेबोनमा आवेदन दिएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स