अभिनेता अनमोल केसी पक्राउ

काठमाडौं । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले आपराधिक विश्वासघात गरेको आरोपमा केसीलाई साँगाबाट पक्राउ गरेको हो ।

रावायण नामक फिल्ममा भएको विवादलाई लिएर निर्माता समूहले केसीविरुद्ध आपराधिक विश्वासघातको कसुरमा किटानी जाहेरी दिएका थिए ।

निर्माण कम्पनी सुदर्शन थापा प्रोडक्सन प्रा.लि.को तर्फबाट सुप्रिया भन्ने चन्द्रकला कटुवालले उजुरी दिएकी थिइन् । उक्त उजुरीको आधारमा अनमोलविरुद्ध केही दिनअघि पक्राउ पुर्जी जारी भएको थियो ।

उनले फिल्म खेल्छु भनेर १० लाख रुपैयाँ लिएको र फिल्म खेल्न नमानेको बताइएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स