वृज ग्लास उद्योगः उत्कृष्टता परिभाषित गर्दै

काठमाडौं । नेपाली बजारमा विशिष्ट पहिचान बोकेको केडिया अर्गनाइजेशन अन्तर्गत रहेको वृज सेफ्टी ग्लास उद्योग नेपालको सिसा प्रशोधन क्षेत्रमा उत्कृष्टताको पर्यायको रूपमा उदाउँदै आएको छ । सन् २०१९ मा स्थापित यस कम्पनी गुणस्तर, शिल्पकौशल र अनुपम ग्राहक अनुभवका लागि व्यापक प्रशंसा कमाउँदै द्रुत रूपमा अगाडि बढ्दै गइरहेको छ ।

वृज सेफ्टी ग्लास उद्योग आफ्ना उच्चस्तरीय उत्पादन र बेजोड सीपका साथ आज सिंगो क्षेत्रकै मानकको रूपमा उभिएको छ । विभिन्न आकार, मोटाइ तथा जीवन्त रंगहरूमा toughened glass, laminated glass, tinted glass, insulated glass र reflective glass जस्ता सिसा उपलब्ध गराउँदै यस कम्पनीले आवासीय, व्यावसायिक, संस्थागत तथा औद्योगिक परियोजनाहरूको संरचनागत तथा सजावट आवश्यकताहरू पूर्ति गर्दै आइरहेको छ ।

आफ्ना उत्पादनमार्फत सुन्दर र व्यवहारिक समाधान प्रदान गर्ने अटल प्रतिबद्धता लिएको वृज सेफ्टी ग्लास उद्योग नवप्रवर्तन र गुणस्तरको अग्रपङ्क्तिमा उभिएको छ । वृज सेफ्टी ग्लास उद्योगको सफलताको केन्द्रमा भने यसको अत्याधुनिक प्रशोधन प्लान्ट नै रहेको छ । नेपालमै सबैभन्दा ठूलो दैनिक १२,००० वर्ग फीट सिसा उत्पादन गर्ने क्षमता रहेको यो कारखाना कम्पनीको शिरोमणि नै हो भन्दा पmरक हुँदैन ।

कम्पनीले त्रुटि र कमीको सम्भावना लगभग शून्य नै हुने गरि पूर्ण रूपमा कम्प्यूटराइज्ड र स्वचालित उत्पादन लाइनहरूसहितका अत्याधुनिक प्रविधि प्रयोगमा ल्याएको छ, जसलाई नेपाली औद्योगिक परिदृश्यमा एक महत्वपूर्ण उपलब्धि मान्न सकिन्छ । कम्पनीका सबै उपकरणहरू यूरो मापदण्ड अनुसारका छन् र सीई प्रमाणित पनि छन् । यसले गर्दा वृज सेफ्टी ग्लासका हरेक उत्पादन अन्तर्राष्ट्रियस्तरको हुनेमा ढुक्क हुन सकिन्छ ।
हालै वृज सेफ्टी ग्लासले आफ्नो पहिलेदेखि नै प्रख्यात र प्रभावशाली उद्योगमा ल्यामिनेशन प्लान्ट थपेको छ, जसले गर्दा यो अन्य कम्पनीभन्दा बढी र उच्च गुणस्तरको सेवा प्रदान गर्न र बजारको बढ्दो माग पूर्ति गर्न झन् सक्षम बनेको छ ।

अध्यक्ष मनोज केडिया, निर्देशकहरू गौरव अग्रवाल, अजय गुप्ता र सतीश केडिया, र प्रबन्ध निर्देशक सत्यम केडियाको दूरदर्शी नेतृत्वमा वृज सेफ्टी ग्लास उद्योगले व्यापार सफलताका साथै राष्ट्रको विकास प्रतिको आफ्नो प्रतिबद्धतालाई पनि निरन्तरता दिइरहेको छ । प्रबन्ध निर्देशक सत्यम केडिया रोजगारीका अवसर सिर्जना गर्ने र आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्ने कम्पनीको प्रतिबद्धतालाई मूर्त रूपमा कार्यान्वयन गरि नेपालको उन्नतिमा योगदान पु¥याउन समर्पित छन्।

वृज सेफ्टी ग्लास उद्योगले निरन्तर वृद्धि र नवप्रवर्तन गरिरहँदा, यो उच्च गुणस्तरका उत्पादन प्रदान गर्ने र उत्कृष्टतालाई अगाडि बढाउने आफ्नो प्रतिबद्धतामा अडिग छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स