कुमारी बैंकको अलग/अलग स्थानमा पाँच वटा नयाँ शाखा विस्तार

काठमाडौं । कुमारी बैंक लिमिटेडले काठमाडौं र ललितपुर जिल्लाको अलग/अलग स्थानमा पाँच वटा नयाँ शाखा विस्तार गरेको छ ।

कम्पनीले काठमाडौंको कपन, सितापाइला र डल्लु तथा ललितपुर जिल्लाको भैसेंपाटी र टौखेलमा शुक्रबारबाट नयाँ शाखाहरु सञ्चालनमा ल्याएकोे हो ।

कम्पनीले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ सेवा पुर्‍याउने उद्देष्यले उक्त शाखाहरु विस्तार गरेको हो । कम्पनीले आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ सेवा पुर्‍याउने योजना रहेको बताएको छ ।

विगत २२ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको उक्त कम्पनीले मुलुकभर ३०९ वटा शाखा सञ्जाल, ३०९ वटा एटीएम, ४८ वटा एक्सटेन्सन काउन्टर तथा ६४ वटा शाखा रहित बैंकि इकाईहरुमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स