देश अनुसार यस्तो छ टिकाको साइत, नेपालका लागि भने बिहान १०.०२ मिनेट उत्तम

काठमाडौं । २०७८ साल असोज २९ गते बडा दशैंको टिकाको साइत १०.०२ मिनेट जाँदा उत्तम मानिएको छ । नेपाल पाञ्चांग निर्णायक समितिले शुक्रबार १०.०२ मिनेट जाँदा टिका ग्रहण गर्नु उत्तम साइत भएको समितिले जनाएको हो । टिका थाप्दा पुर्व फर्केदाँ शुभ हुने भएकोले समितिले सोही दिशातर्फ पर्केर टिका लगाउन सुझाएको छ । नेपालमा शुक्रबार १०.०२ मिनेटमा टिका लगाएपनि अन्य देशमा भने देश र दिशाअनुसार टिकाको शुभ साइत हुने पाञ्चांग निर्णायक समितिले जनाएको छ । देवी विसर्जनको साइत भने शुक्रबार बिहान ८.१९ बजे रहेको छ ।

कुन देशमा कति बजे टिकाको साइत ?

भारत (दिल्ली) मा टिकाको शुभ साइत बिहान ९.५५ मिनेट हुनेछ ।
अमेरिका न्यूयोर्कमा बेलुका ९.२१ मिनेटमा टिकाको शुभ साइत देखिएको छ ।
अमेरिकाको टेक्सासमा बिहान ८.१५ मिनेटमा साइत जुरेको छ ।
क्यालिफोनियामा १५ अक्टोबर बिहान ७.१५ मा उत्तम साइत जुरेको छ ।
क्यानडाको टोरोन्टोमा १५ अक्टोबर ८.३५ मिनेटमा उत्तम साइत जुरेको छ ।
जापानको टोकियोमा बिहान ११.०५ मिनेटमा उत्तम साइत जुरेको छ ।
अष्ट्रेलियाको सिडनीमा बिहान १०.२५ मिनेटमा शुभ साइत मानिएको छ ।
यूकेको लण्डना बिहान १०.०१ मिनेटमा उत्तम साइत जुरेको छ ।
फ्रान्सको पेरिसमा बिहान ९.१५ मिनेटमा शुभ साइत परेको छ ।
नर्वेमा बिहान ८.३९ मिनेटमा टिकाको साइत जुरेको छ ।
मेलेशियामा बिहान ८.४५ मिनेटमा टिकाको साइत परेको छ ।
साउदी अवरमा बिहान ८.१४ मिनेटमा टिकाको शुभ साइत जुरेको छ ।
सिंगापुरमा बिहान ७.४७ मिनेटमा साइत परेको छ ।
साउथ कोरियामा ९.१५ मिनेटमा टिकाको साइत जुरेको छ ।
स्वीजल्याण्डमा १०.१५ मिनेटमा साइत जुरेको छ ।
हङकङमा बिहान ८.३३ मिनेटमा टिकाको साइत जुरेको छ ।
न्यूजल्याण्डमा बिहान १०.३५ मिनेटमा टिकाको साइत उत्तम परेको छ ।
पोर्चुलगमा बिहान ९.५५ मिनेटमा उत्तम साइत जुरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स