दोलखाबाट चार किलो सुन बरामद, तीन जना पक्राउ

काठमाडौं । दोलखाको सिंगटीबाट चार किलो सुन बरामद गरिएको छ ।

इलाका प्रहरी कार्यालय सिंगटीको टोलीले बुधबार राति चार किलो सुन बरामद गरेको हो ।

सुनसहित तीन जना पक्राउ पनि परेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरु दोलखाको बिगु गाउँपालिका १ लामाबगर निवासी रहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालयले भने सुनजस्तो देखिने चार पिस पहेंलो धातु बरामद भई परीक्षणको क्रममा रहेको जनाएको छ ।

यसबारे विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स