एकैदिन तोलामा यति धेरैले घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य १४ सय रूपैयाँले घटेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ कायम भएकोमा आज १ हजार ४ सय रूपैयाँले घटेर १ लाख ९ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १३ सय ८५ रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले घटेर १३ सय ७० रूपैया कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स