सेयर धितो कर्जा बारे के निर्णय भयो आज बसेको राष्ट्र बैंकको बोर्ड बैठकमा ?

काठमाडौं । आज बसेको नेपाल राष्ट्र बैंकको संचालक समितिको बोर्ड बैठक सकिएको छ । बैठक बुधबार बिहान ८ः३० बजेबाट बसेको थियो। बैठकमा सेयर धितो कर्जामा लाग्दै आएको १२ करोडको सीमाको बारेमा कुनै छलफल नै नभएको बैठकमा सहभागी एक अधिकारीले बताए ।

बैठकले सेयर धितो कर्जाको सीमा संशोधन वा हटाउने विषय निर्णय गर्न नसकेको हो । यद्यपि, यो आन्तरिक छलफलमै रहेको ती अधिकारीले बताए । ‘सेयर धितो कर्जाको सिमा संशोधन गर्ने वा हटाउने भन्ने विषयमा कुनै पनि निर्णय हुन सकेन ।’ उनले भने, ‘सेयर धितो कर्जाको विषय नै बैठकमा उठेन।’

बजारमा चर्चा भएजस्तो सेयर धितो कर्जाको १२ करोडको क्याप, कर्जामा जोखिम भारलगायतका विषय बैठकमा छलफल नभएको र आज नियमित विषयमा मात्रै छलफल भएको उनले बताए ।

यतिबेला सेयर धितो कर्जाको विषय चर्चामा छ । अर्थमन्त्रालयले पनि सेयर कर्जामा लगाइएको १२ करोडको सीमा हटाउन जोड दिईरहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स