भोलि सार्वजनिक विदा

काठमाडौं । काठमाडौं उपत्यकामा भोलि सार्वजनिक विदा हुने भएको छ ।

सरकारले इन्द्रजात्राको अवसरमा भोलि असोज ११ गते काठमाडौं उपत्यकामा मात्र सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

इन्द्रजात्रा काठमाडौं लगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा(आराधना गरी परम्परागत रूपमा नेवारहरूले मनाउने जात्रा हो।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठडयाइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाइन्छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स