भूपप्रभावि करका कारण पुँजी बजार खस्कियो, छुट दिएपनि कुन पैसाले तिर्नु कर ?

काठमाडौं । नेपाल पुँजीबजार फोरमका पूर्व अध्यक्ष अम्बिका पौडेलले सरकारले करको सिद्धान्तविपरीत भूतप्रभावि कर लगाएका कारण पुँजीबजारमा समस्या आएको बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघ आयोजना कार्यक्रममा उनले सरकारले पहिले गरेको सेयर करोबारमा समेत भूतप्रभावि कर लगाउने गरी बजेट ल्याएको गुनासो गरे ।

‘अहिले आएर कर कार्यलयले कर तिर्न आउनुस् ५० प्रतिशत छुट दिन्छु भन्छ, हामीले कहाँबाट कसरी कुन पैसा तिर्ने ?’ पौडेलले प्रति प्रश्न गरे ‘पहिले गरेको कारोबारको अहिले कर तिर्ने, यदि कर लाग्थ्यो भने सरकारले त्यतिबेला नै किन लगाएन ।’

‘सरकारले कर कानुनको सिद्धान्तविपरीत कर असुल्न खोजेको आरोप पनि उनले लगाए । ‘भूतप्रभावि करका कारण लगानी कर्ता डराए जसको परिणाम पुँजीबजारमा देखिएको छ ।’ ‘विज्ञहरुले बनाएको बजेट उत्पादन तथा व्यवसायमैत्री आउँछ भन्ने लागेको थियो तर बजेट भने व्यवसाय विपरीत आयो, त्यसमा पनि पहिले गरेको कारोबारसमेत कर लाग्ने गरी,’ उनले भने ।

कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्व अर्थमन्तीहरु सुरेन्द्र पाण्डे, डा. युवराज खतिवडा, विष्णु पौडेललगायत एमाले नेता तथा एमाले निकट व्यवसायी, व्यापारीहरुको उपस्थिति थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स