काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सेलवेज क्यास एण्ड क्यारी प्रा.लि (सेल्सबेरी) बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बैंक र सेल्सबेरीबीच असोज ९ गते बैंकका ग्राहक महानुभाव, बंैकका कर्मचारी तथा सेयरधनी महानुभावहरुलाई विभिन्न किसिमका सामान खरिद गर्दा छुट प्रदान गर्ने उद्देश्यले उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेण्ठ र सेलवेज क्यास एण्ड क्यारी प्रा.लि (सेल्सबेरी) को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील मान प्रधानांगले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार सेल्सबेरीले बैंकका ग्राहक महानुभाव, बैंकका कर्मचारी तथा सेयरधनी महानुभावहरुलाई विभिन्न किसिमका सामान खरिद जस्तै Groceries- 2% ,Liquor- 2% to 10 %, Frozen Foods- 3% to 5 %, Dairy & Fresh Products- 2 %, Personal Care -3 %, Household Items -5 % to 12% and Garments -20 % to 25 % छुट प्रदान गरिएको छ ।
यसबाट बैंकका ग्राहक महानुभाव, बैंकका कर्मचारी तथा सेयरधनी महानुभावहरुले प्रत्यक्ष लाभ लिन सक्ने विश्वास बैंकले लिएको छ ।