काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले घटेको छ ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँ कायम भएकोमा आज ४ सय रूपैयाँले घटेर १ लाख ११ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १४ सय ३० रुपैयाँ कायम भएकोमा आज ३० रूपैयाँले घटेर १४ सय रूपैया कायम भएको छ ।