दशैं नजिकियो, नयाँ नोट साट्ने सुविधा कहिले ?

काठमाडौं । दशैंमा नयाँ नोट साट्ने प्रचलन अहिले पनि उस्तै छ । पछिल्ला केहि वर्षमा बैंकहरूले डिजिटल कारोबारलाई महत्वमा राखेर केहि स्कीम ल्याउन थालेपनि नयाँ नोट साट्नेको क्रेज भने हटेको छैन । बैंकको डिजिटल प्रमोशनका साथै आफ्नै काउण्टरबाट पनि नयाँ नोट साट्ने सेवा दिइरहेका छन् । सोही अनुरुप नेपाल राष्ट्र बैंकले पनि दशैंका लागि आम नागरिकलाई नयाँ नोट साट्ने व्यवस्था मिलाइ दिएको हुन्छ ।

केहि वर्षअघिसम्म राष्ट्र बैंकमै पुगेर साट्नु पर्ने नयाँ नोटको अभ्यास पछिल्ला केहि वर्ष यता बैंक तथा वित्तीय संस्थाले पनि दिन थालेका छन् । अहिले नयाँ नोट साट्नकै लागि भनेर राष्ट्र बैंक नै पुग्नु पर्दैन । बैंकहरूले पनि आफ्ना ग्राहकलाई नयाँ नोट साटिदिने गरेका छन् ।

राष्ट्र बैंकले देशभर नयाँ नोट साट्न चहाने ग्राहकलाई सुविधा दिनको लागि सबै प्रादेशिक कार्यालयसहित नोट कोषलाई आवश्यक नोट माग गरि पठाउन भनेको छ । कार्यालयसहित नोट कोषको आवश्यकता हेरेर नयाँ नोटको व्यवस्था मिलाउने तयारी राष्ट्र बैंकले गरेको सहप्रवक्ता दिल्ल्ली राम पोखरेलले बताए । ‘हामीले सबै कार्यालयलाई नयाँ नोटको आवश्यता आकलन गर्न भनेका छौं,’ उनले भने ‘त्यसपछि नयाँ नोट कहिले र कति पठाउने भन्ने निर्णय हुन्छ ।

नेपाल राष्ट्र बैंकले यस वर्ष पनि आगामी दशैंका लागि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँको दरले नयाँ नोट वितरण गर्ने तयारी गरेको छ । घटस्थापना आसपासदेखि नयाँ नोट वितरण सुरु गर्ने राष्ट्र बैंकको तयारी छ ।

नेपाल राष्ट्र बैंकले यस वर्ष पनि आगामी दशैंका लागि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँको दरले नयाँ नोट वितरण गर्ने तयारी गरेको छ । घटस्थापना आसपासदेखि नयाँ नोट वितरण सुरु गर्ने राष्ट्र बैंकको तयारी छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स