काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)का सदस्य एवम् रातोपाटी डटकमका पत्रकार कृष्णसिंह धामीमाथि भएको सांघातिक आक्रमणको नाफिजले घोर भत्सना गरेको छ । रातोपाटी डटकमको कार्यालय नजिकै पुल्चोकमा उनीमाथि सोमबार दिउँसो केही अज्ञात समूहबाट आक्रमण भएको हो ।
सो घटनाले सम्पूर्ण नाफिज परिवारलाई दुखी बनाएको छ । समाचार लखेको कारण यस अघि पटक पटक आक्रमणको धम्की खेपिरहेका धामीमाथिको आजको आक्रमणले राजधानीमै सञ्चारकर्मीहरु असुरक्षित रहेको भान हामीलाई भएको छ ।
सम्पूर्ण नाफिज परिवार आक्रमणमा परी घाइते भएका धामीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै दोषीमाथि हदैसम्मको कारबाहीका लागि सरकार र नेपाल प्रहरीको ध्यानाकर्षण गराएको छ ।