बैंकहरूको साउन महिनाको नाफा सवा १० अर्ब, ग्लोबल बन्यो सबैभन्दा बढी नाफा कमाउने बैंक, नबिल र एनआईएमबिएलको टक्कर

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा बैंक तथा वित्तीय संस्थाले १० अर्ब २२ करोड रुपैयाँ नाफा कमाएका छन् । गत आवको साउनमा बैंक तथा वित्तीय संस्थाको नाफा ९ अर्ब ९३ करोड रुपैयाँ थियो । बैंकहरूले कमाएको सो नाफामध्ये ८ अर्ब ५२ करोड रुपैयाँ वाणिज्य बैंकहरूको नाफा हो भने ९४ करोड विकास बैंकको नाफा हो । फाइनान्स कम्पनीले भने सो अवधिमा ७५ करोड रुपैयाँ नाफा कमाएका छन् ।

चालु आवको पहिलो महिना साउनमा सबैभन्दा बढी नाफा ग्लोबल आईएमई बैंकले कमाएको छ भने नबिल र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफामा कडा टक्कर देखिएको छ । ग्लोबल नाफा बढी कमाउने पहिलो बैंक बन्दा नेपाल नबिल दोस्रो र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक तेस्रो र एनसीसीलाई मर्ज गरेको कुमारी बैंक चौथो बढी नाफा कमाउने बैंक बनेको छ ।
साउन महिनामा ग्लोबल आईएमई बैंकले ९९ करोड २३ लाख रुपैयाँ नाफा कमाएर नाफा कमाउने पहिलो बैंक बनेको छ । साउन महिनामा नबिलले ७५ करोड ५५ लाख कमाउँदा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ७४ करोड ७९ लाख कमाएको छ ।
त्यसरी नै सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक र प्राइम बैंकको नाफा पनि नजिक नजिक छ भने एभरेष्ट बैंक र नेपाल बैंकको नाफा पनि केहिले लाखलेमात्रै फरक छ ।

सिटिजन्स बैंकले २४ करोड ७६ लाख नाफा कमाएको छ भने प्राइम कमर्शियल बैंकको नाफा ४२ करोड ४८ लाख रुपैयाँ रहेको छ । एनएमबिले ३८ करोड ३१ लाख नाफा कमाउदा प्रभु बैंकले २९ करोड ९८ लाख रुपैयाँ नाफा कमाएको छ । साउनमा सानिमा बैंकले २५ करोड १९ लाख रुपैयाँ नाफा कमाएको छ ।

नेपाल बैंकले ३६ करोड ४ लाख, राष्ट्रिय वाणिज्य बैंकले ४४ करोड ७० लाख, स्ट्यान्डर्ड चार्टर्ड बैंकले २५ करोड ७८ लाख, हिमालयन बैंकले ६३ करोड १२ लाख र नेपाल एसबिआई बैंक १६ करोड ५ लाख रुपैयाँ नाफा कमाएको छ ।

एभरेष्ट बैंकले साउन महिनामा ३६ करोड ७६ लाख नाफा कमाउँदा एनआईसी एशिया बैंकले ३८ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको छ । माछापुच्छ्रे्  बैंकले १८ करोड ८६ लाख नाफा कमाउदा कुमारी बैंकले ५७ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको छ । लक्ष्मी सनराइज बैंकले ४१ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको छ । सिद्धार्थ बैंकले २९ करोड ९६ लाख रुपैयाँ नाफा कमाएको छ भने कृषि विकास बैंकले ३३ करोड १६ लाख रुपैयाँ नाफा कमाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स