देशभर थप ३६५ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

काठमाडौं । देशभर थप ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ३,६७१ पीसीआर परीक्षण गर्दा ३२६ र १,९२३ एन्टिजेन परीक्षण गर्दा ३९ गरी ३६५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ भने ६०९ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स