नेप्सेमा अप्पर लोहेरे खोला हाइड्रोपावरको सेयर सूचीकृत, भोलिबाट कारोबारमा आउने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा अप्पर लोहेरे खोला हाइड्रोपावरको सेयर सूचीकृत भएको छ । आइतबार कम्पनीको १०० रुपैयाँ अंकित दरका कुल ५० लाख ९८ हजार ४० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।

कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउने गर्दछ । सोहीअनुसार कम्पनीको सेयर भोलि सोमबारबाट दोस्रो बजारमा कारोबारमा आउनेछ।

नेप्सेले कम्पनीलाई ‘यूएलएचसी’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सेले यो कम्पनीलाई प्रतिकित्ता न्यूनतममा ९७.८७ रुपैयाँ र अधिकतममा २९३.६१ रुपैयाँ तोकेको छ।

भोलि स्पेसल प्रि–ओपन सेसनमा कम्पनीको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित सत्रका लागि कारोबार खुल्नेछ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स