माछापुच्छ्रे बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । माछापुच्छ्रे बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ। बैंकको ६२ हजार १६५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो।

बिक्रीमा राखिएको सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।

इच्छुक संस्थापक सेयरधनीहरुले काठमाडौंको सुन्धारास्थित माछापुच्छ्रे क्यापिटलमा खरिद आवेदन दिन सक्नेछन्। यसका लागि ३५ दिनको म्याद दिइएको छ।

उक्त अवधिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई आवेदन खुला गरिने बैंकले जनाएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स