नेप्सको अध्यक्षमा विश्वम्भर न्यौपाने नियुक्त

काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)को सञ्चालक समितिको अध्यक्ष पदमा विश्वम्भर न्यौपाने नियुक्त भएका छन्। भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले न्यौपानेलाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो ।

न्यौपाने अध्यक्षमा नियुक्त हुनुअघि यसै संस्थामा माछापुच्छ्रे बैंकका तर्फबाट सञ्चालकका रुपमा प्रतिनिधित्व गर्दै आएका थिए।

नवनियुक्त अध्यक्ष न्यौपानेले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनासमक्ष पद तथा गोपनीयताका सपथ ग्रहण गरेका छन्।

विगत १९ वर्षदेखि माछापुच्छ्रे बैंकमा आबद्ध भई हाल न्यौपाने बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन्। यसका साथै उनीसँग बैंकिङ क्षेत्रको २५ वर्षभन्दा लामो अनुभव रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स