भदौबाट कार्यान्वयनमा आउने भयो कर्मचारीको १० दिने भ्रमण छुट्टी

काठमाडौं । सरकारी कर्मचारीले १० दिने भ्रमणका लागि पाउने भनिएको छुट्टी भदौदेखि कार्यान्वयनमा आउने भएको छ । तत्कालीन अर्थमन्त्री विष्णु प्रसाद पौडेलले चालु आर्थिक २०७८÷७९ को बजेट प्रस्तुत गर्दा घोषणा गरेको १० दिने कर्मचारी भ्रमण छुट्टी भदौदेखि कार्यान्वयनमा आउन लागेको हो ।

भ्रमण छुट्टीका लागि आवश्यक नीति तथा निर्देशिका संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले तयार पारिसकेको छ । देशभित्रै आन्तरिक पर्यटकीय गतिविधि बढाउन ल्याइएको भ्रमण छुट्टी कार्यक्रम आर्थिक वर्षको सुरुमै लागू गर्नुपर्ने थियो । तर, त्यससम्बन्धी नीति तथा कार्यविधि पूर्ण रुपमा तयार नभएपछि केही ढिलाइ भएको हो ।

मन्त्रालयले तयार पारेको भ्रमण निर्देशिकामा काज भ्रमणमा जाने कर्मचारीले आफ्नो घर नजिकै (पायक पर्ने) तथा माइती–ससुराली नजिकको भ्रमण क्षेत्र निषेध गरिएको छ । जारी हुन लागेको नीतिमा तोकिएबमोजिम फिल्डमै गई खर्च गर्न र आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउनुपर्ने भनिएको छ । १० दिन भ्रमण विदामा रहँदा कुनै तलव सुविधा काँटिने छैन ।
अहिले देशभर संस्थान, प्रतिष्ठान र निजामती गरि झण्डै ६ लाखभन्दा बढी कर्मचारी रहेका छन् । उनीहरू सबैले आगामी भदौदेखि १० दिन भ्रमण छुट्टी पाउने छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स