काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा उछाल आएको छ ।
बिहीबार, नेप्से परिसूचक ४४.३४ अंकले बढेर २०२९.७८ अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड १२ लाख ६४ हजारको कित्ता सेयर ३ अर्ब २९ करोड ३९ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, २१७ वटा कम्पनीको सेयर मूल्य बढ्दा ११ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, सन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २० करोड १८ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
त्यस्तै, रिलायबल लाइफ इन्स्योरेन्सको १३ करोड ९६ लाख, शिवम् सिमेन्ट्सको १० करोड ५२ लाख, एनआईसी एसिया बैंकको ९ करोड ५६ लाख, हिमाल दोलखा हाइड्रोपावरको ९ करोड ५१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।