हाथवे इन्भेष्टमेन्ट नेपालको आईपीओ बाँडफाँट, १ जनाले पाए २१ कित्ता सेयर, यसरी हेर्नुस् नतिजा

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज बिहान कम्पनीको आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीको आईपीओमा कुल १२ लाख ७० हजार ९ सय ९१ जनाको आवेदन परेको थियो । जस मध्ये १२ लाख ६७ हजार हजार ७ सय ९ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ । माग भन्दा बढीको आवेदन परेकोले योग्य आवेदकलाई गोलाप्रथामा समावेश गराई सेयर बाँडफाँट गरिएको छ ।

जस अनुसार १ लाख २१ हजार ३ सय ८७ जनाले मात्र सेयर पाएका छन् । यी मध्ये १ जनाले २१ कित्ता सेयर पाएका छन् भने बाँकीले २० कित्ताको दरले सेयर पाएका छन् ।

आईपीओको नतिजा प्रकाशन भएको केहि समयपछि विभिन्न ३ तरिकाबाट हेर्न सकिने छ ।
१. बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको वेबसाइट :https://globalimecapital.com/,
२.सिडीएससीको मेरोशेयरको वेबसाइट : meroshare.cdsc.com.np/#/login,
३.सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट : iporesult.cdsc.com.np/

मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।

कम्पनीले भदौ २१ गतेदेखि भदौ २५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको आईपीओ ल्याउन अनुमति पाएको थियो। जसअनुसार कम्पनीले ५० रुपैयाँ अंकित दरका कुल २९ लाख २५ हजार कित्ता आईपीओ बिक्री गरेको छ।

कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ५८ हजार ५०० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ भने ५ प्रतिशतले हुन आउने १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ।

यसैगरी कम्पनीले कुल कित्ताको १० प्रतिशतले हुन आउने २ लाख ९२ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट गरिसकेको छ । बाँकी २४ लाख २७ हजार ७५० कित्तामा सर्वसाधारणले आवेदन दिएका छन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स