चालु आवको साउनमा शोधनान्तर र चालु खाता दुबै नाफामा, १ वर्षको आयात धान्ने विदेशी विनिमय सञ्चिति

काठमाडौं । चालु आर्थिक वर्षको साउन महिनामा सरकारको चालु खाता र शोधनान्तर स्थिति दुवै सकारात्मक रहेको छ । साउनमा शोधनान्तर स्थिति ३२ अर्ब ९० करोड रुपैयाँले बचतमा रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

गत वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १९ अर्ब ७६ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १५ करोड ५२ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २४ करोड ९५ लाख डलरले बचतमा रहेको हो ।

साउनमा चालु खाता १२ अर्ब ९९ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १५ अर्ब १३ करोड रुपैयाँले घाटामा रहेको थियो ।

साउन महिनामा विदेशी मुद्रा सञ्चितिमा पनि सुधार आएको छ । गत असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.२ प्रतिशतले बढेर साउन मसान्तमा १५ खर्ब ७३ अर्ब १२ करोड रुपैयाँ पुगेको हो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकामा साउन मसान्तमा १.२ प्रतिशतले वृद्धि भएर ११ अर्ब ८५ करोड डलर पुगेको छ । चालु आर्थिक वर्षको पहिलो महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति करिब १ वर्ष १५ दिनको वस्तु आयात र करिब १० महिना १० दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स